Advertisement

चुनावका बेला गाडी किन्दै प्रहरी

0 88

Advertisement

१६ भदाै, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनका लागि नेपाल प्रहरीले १८० वटा गाडी किन्ने भएको छ।उसले पर्याप्त समय नभएको कारण देखाउँदै टेन्डर आह्वान नगरी फास्ट ट्र्याकबाट गाडी किन्ने भएको हो।

अर्थ मन्त्रालयले १८० वटा गाडी खरिद गर्न स्वीकृति दिएसँगै प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए।‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १८० वटा गाडी खरिद गर्न स्वीकृति दिएसँगै प्रक्रिया अघि बढाइएको छ,’ राईले भने, ‘अर्थ मन्त्रालयले ७५ करोड रुपैयाँबराबरका पिकअप खरिद गर्न स्वीकृति दिएको छ।अर्थ मन्त्रालयले प्रतिगाडीको मूल्य ५० लाख रुपैयाँभन्दा बढी नहुने गरी खरिद गर्न निर्देशन दिएको छ।’

प्रवक्ता राईका अनुसार नेपाल प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षा प्रयोजनका लागि १ हजार ५० वटा गाडी भाडामा लिने भएको छ।उनले भने, ‘नेपाल प्रहरीलाई १३ सय वटा गाडी आवश्यक छ।’

त्यस्तै अर्थ मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षा व्यवस्थाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न नेपाल प्रहरीलाई स्वीकृति दिएको छ।अर्थले म्यादी प्रहरीका लागि करिब ६ अर्ब बजेट सुनिश्चित गरेको छ।‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना लिन स्वीकृति दिएपछि कार्यविधि तयार हुँदैछ,’ राईले भने, ‘कार्यविधि तयार भएलगत्तै भर्ना प्रक्रिया अघि बढाइनेछ।’ नेपाल प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्न प्रस्ताव राखेको थियो।म्यादी प्रहरीलाई ४० दिन भर्ना गरिनेछ।

प्रवक्ता राईका अनुसार ४० दिन काम गरेबापत म्यादी प्रहरीले प्रहरी जवानसरह तलब र रासनभत्तासहित ४१ हजार ९६० रुपैयाँ प्राप्त गर्नेछन्।त्यस्तै उनीहरूले निर्वाचन क्षेत्रमा आवतजावतका लागि एक हजार रुपैयाँ भत्ता पाउनेछन्।‘म्यादी प्रहरीलाई निर्वाचन क्षेत्रमा आवतजावत गर्न १ हजार रुपैयाँ भत्ता, ४० दिन निर्वाचन सुरक्षामा खटिएबापत ३४ हजार ७६० रुपैयाँ तलब र हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई रासनका लागि ७ हजार २०० रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयले स्वीकृति दिएको छ,’ उनले भने।म्यादी प्रहरीलाई पोसाक खरिदका लागि ६ हजार रुपैयाँ, खाजा खर्च ३०० रुपैयाँ र हिमाली क्षेत्रमा खटिने म्यादी प्रहरीलाई स्विटर खरिद गर्न थप १ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी प्रवक्ता राईले दिए।स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो।

निर्वाचन सुरक्षामा ७२ हजार प्रहरी, ३० हजार सशस्त्र प्रहरी, ७० हजार सेना र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.