Advertisement

बालेनको निर्देशनमा सुरज आर्केडको बेसमेन्ट खाली गराइँदै

0 115

Advertisement

१२ भदाै, काठमाडौँ । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट खाली गराउने तयारी गरेको छ । मेयर बालेन्द्र शाह (बालेन) ले सुरज आर्केडको बेसमेन्ट र त्यस वरपरका अवैध संचरना हटाउन निर्देशन दिएपछि महानगरको टोली त्यहाँ पुगेको हो।

त्यसको लागि महानगरपालिकाको टोली अहिले सुरज आर्केड पुगिसकेको छ । सुरज आर्केडको बेसमेन्टमा पसलहरु राखिएका छन् ।

महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना दिएपनि सुरज आर्केडको व्यवस्थापनले आनाकानी गरेपछि महानगरले बेसमेन्ट खाली गर्न लागेको हो । सुरज आर्केडले बेसमेन्टमा पार्किङ गर्न नदिएपछि सडकमा पार्किङ गर्दा उक्त क्षेत्रको अवस्था अस्तव्यस्त हुने गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सुरज आर्केडको बेसमेन्ट र त्यस वरपरका अवैध संचरना हटाउन निर्देशन दिएपछि महानगरको टोली त्यहाँ पुगेको हो।

महानगरले आइतबार भोटाहिटी-रत्नपार्कको अन्डरपासमाथि बनाइएका अवैध संरचना हटाएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.