Advertisement

आज – ०३ आषाढ २०७९ शुक्रवार को राशिफल

0 126

Advertisement

२०७९ असार ३ गते, शुक्रवार, १७ जुन २०२२। आषाढ कृष्णपक्ष तृतीया तिथि, १०ः२१ बजेदेखि चतुर्थी। उत्तराषाढा नक्षत्र, १४ः३१ बजेदेखि श्रवण। चन्द्रराशि– मकर।

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ काममा जग बसाउने समय छ। कामकाे सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेतगर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आस मारेकाे काम समेत सम्पादन हुनेछ। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। दिगाे काममा जग बसाउने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

अस्वस्थताले काममा बाधा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला। बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। गोपनीयता बाहिरिनाले व्यावहारिक समस्या पर्न सक्छ। काममा संघर्ष गर्नुपरे पनि जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आँटले काम लिन नसक्दा केही पछि परिनेछ। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुताे लाग्न सक्छ। समय लागे पनि प्रयत्न गर्दा विगतका कमजाेरी सच्याउन सकिनेछ। खर्च लागे पनि रमाइला ठाउँकाे भ्रमण गर्ने साइत जुर्न सक्छ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। सावधानीले फाइदा उठाउन सकिनेछ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। विज्ञको मार्गदर्शन पाइनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ। अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ। खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय उपलब्धिमूलक नै रहनेछ। शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। अरूका लागि धन खर्च हुनेछ। आजकाे लाभांश सञ्चय नहुन सक्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.