Advertisement

शताब्दी लामो गौरवपूर्ण इतिहास बनाएको त्रिचन्द्र कलेज बर्खे झरीमा रुझिरहेछ

0 323

Advertisement

३१ जेठ, काठमाडाैं । विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसले हालै १०४ औं वार्षिकोत्सव मनायो । एक शताब्दी लामो गौरवपूर्ण इतिहास बनाएको यो क्याम्पस अहिले भौतिक रूपमा भने जीर्ण अवस्थमा छ । पुरातात्विक महत्वको त्रिचन्द्र भवनमा यो बर्खामासमा तेस्रोदेखि भुईंतलाको भित्री बरन्डासम्म सिमसार झैं तप् तप् पानी चुहिरहेको छ । भुईंमा लेउ लागेको छ । भवन चौतर्फी बर्खे झार जंगलले घेरिएको छ । देशको पहिलो उच्च शिक्षालयले मौसमको बहारभन्दा बढी विलाप गरिरहेझैं महसुस हुन्छ ।

तत्कालीन राजा महेन्द्र यही क्याम्पस पढेका थिए । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, गिरिजाप्रसाद कोइराला, झलनाथ खनालदेखि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा यही क्याम्पसका विद्यार्थी हुन् । यही क्याम्पसले लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सुवर्णशमशेर, शंकरदेव पन्त, दशरथ चन्द, गंगालाल श्रेष्ठ, डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, तुल्सीलाल अमात्य, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल, थिरबम मल्ल, मोहम्मद मोहसिन लगायत प्रतिभाहरूलाई दीक्षित गरायो । तर अहिले क्याम्पसको जीर्ण अवस्थाले यसको आफ्नै इतिहासलाई गिज्ज्याइरहेको छ ।

आफ्नै इतिहासलाई गिज्ज्याइरहेको छ ।

बिनासकारी भूकम्पबाट पूर्णरुपमा क्षति भएको भवन पुननिर्माण हुनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थति त्रिचन्द्र क्याम्पसका बिद्यार्थीहरुले सडकमै बसेर पढेर सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् ।

भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुननिर्माणमा चासो नदेखाएको भन्दै बिद्यार्थीहरुले सडकमै बसेर पढेर ध्यानाकर्षण गराएका हुन् । उनीहरुले भवन पुननिर्माण गर, हामी पढ्न चाहन्छौ, भ्युटावर चाहि बन्ने त्रिचन्द नबन्ने, इतिहास ढल्दैछ सरकार मौन छ, शिक्षा मन्त्रालय हराएको सूचना लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

इतिहास ढल्दैछ सरकार मौन छ

नेपालको इतिहासकै रुपमा रहेको त्रिचन्द्र क्याम्पसको पुननिर्माणमा सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको बिद्याथीहरुको भनाई छ । एक सय चार वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था दयनीय बनेपछि विद्यार्थीहरु क्याम्पस बचाउ अभियानमा लागेका हुन् ।

२०७२ को भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ । त्रिचन्द्र कलेजको घन्टाघरतर्फको भवन १९७५ सालमै बनेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.