Advertisement

बालेनसँगै सुमन

0 282

Advertisement

१४ वेठ, काठमाडौं । स्थानीय तहको चुनावअघि मात्र होइन, चुनावपछि पनि काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहको ‘राम्रो मन’ को चर्चा चल्दै छ।

पराजितको मन नदुखोस् भनेर र विजय र्‍याली नभएर धन्यवादर्‍याली निकालेका बालेनले र्‍यालीमा पनि ‘सुमन’ को साथ छाडेनन्। काठमाडौंका मतदातालाई धन्यवाद दिन निस्केका लौरो चिह्नवाला बालेनसँग आँखीझ्याल चुनाव चिन्ह लिएर चुनाव लडेका अर्का स्वतन्त्र उम्मेदवार सुमन साय्मिको उपस्थितिले धेरैको ध्यान खिच्यो।

स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा खसेको कुल मत १ लाख ९० हजार ९ सय ६२ को ७ प्रतिशत अर्थात् १३ हजार ७ सय ७० मत प्राप्त गरेर चौथो स्थानमा आएका साय्मिलाई बालेनले आफूसँगै अग्रस्थानमा राखेर नगर परिक्रमा गराउँदा धेरैको नजरमा सुमन परे। ‘अत्यधिक आस गरिएका बालेन्द्र साहले बधाई पाउँदै गर्दा कसैले भुल्नुहुँदैन मेयर/उपमेयर उम्मेदवार सुमन साय्मि र विद्या श्रेष्ठलाई प्राप्त नौ प्रतिशत स्वतन्त्र मत काठमाडौंको रैथाने भूमि, भाषा, संस्कृति, पहिचान मास्ने विकासविरुद्द अभिमत हो,’ पत्रकार लेखक नारायण वाग्लेले बुधबार नै सामाजिक सञ्जालमा लेखेका थिए, ‘त्यो पक्ष यहाँ सुनिनुपर्ने प्रतिपक्ष हो।’

बालेनले रैथाने आवाज सुनेको कतिपयले महसुस गरे। ‘हामीले हाम्रो आवाज उनले सुन्ने विश्वास लिएका छौं,’ सुमन साय्मिसँगै आँखीझ्याल चिह्न लिएर उपमेयरमा उठेकी विद्या श्रेष्ठ महर्जनले भनिन्, ‘यसो भएमा उनले पनि हाम्रो साथ पाउनेछन्।’ बालेनले सबैका समस्या सम्बोधन गर्ने महर्जनको विश्वास छ। ‘हामी हारेका छैनौं,’ सुमन र आफूले पाएको मतबारे उनले थपिन्, ‘यो मतले हामीलाई झनै बलियो बनाएको छ।’

को हुन् सुमन सायमी

काठमाडौं कालीमाटीमा जन्मिएका सुमन साय्मि गुठी आन्दोलनका अभियन्ता हुन्। काठमाडौंमा सडक विस्तार पीडित संघर्ष समितिका अगुवा उनले गुठी विधेयकविरुद्धको आन्दोलनमा युवाको नेतृत्व पनि गरे। काठमाडौं महानगरमा रहेका सम्पदा र सभ्यताको संरक्षण गर्ने उद्घोषका साथ उनी आँखीझ्याल चुनाव चिह्न लिएर मेयरमा उठेका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.