Advertisement

रेनुलाई १२ हजारको अग्रता, अब ३ हजार मत गन्न बाँकी

0 96

Advertisement

१० जेठ, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा सत्तारूढ गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । गठबन्धनबाट मेयर, उपमेयरका उम्मेदवारले ५० हजार मत कटाएका हुन् ।

भरतपुरमा अब करिब ३ हजार मत गन्न बाँकी छ । १ लाख २४ हजार ४४ मत गणना हुँदा रेनु दाहालको ५० हजार ३ सय १० र एमालेका विजय सुवेदीको ३८ हजार २ सय ९६ मत आएको छ । रेनुले गन्न बाँकी रहेको भन्दा पनि तेब्बर १२ हजार १४ मतले अगाडि छन् ।

उपमेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीको ५१ हजार १२९ र एमालेले समर्थन गरेको राप्रपाकी हिमला गुरूङको २९ हजार ८ सय ८२ मत आएको छ । कुल एक लाख ८५ हजार ७ सय ५२ मतदाता रहेको भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ जनाले मतदान गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.