Advertisement

एलएमएलले यो वर्ष ३ ओटा इलेक्ट्रिक सवारी सार्वजनिक गर्ने

0 145

Advertisement

१० जेठ, एजेन्सी । भेस्पा स्कुटर निर्माता कम्पनी लोहिया मोटर्स लिमिटेड (एलएमएल)ले आगामी वर्ष ३ वटा नयाँ इलेक्ट्रिक उत्पादन सार्वजनिक गर्ने तयारी गरेको छ।

यसका लागि कम्पनीले ३५० करोड भारुभन्दा बढी लगानी गरेर नयाँ फ्याक्ट्री तयार गर्ने योजना बनाएको छ।

कम्पनीले गत वर्षको सेप्टेम्बरमा इलेक्ट्रिक सवारीका साथ बजारमा पुन प्रवेश गर्ने आफ्नो योजना सार्वजनिक गरेको थियो।

कम्पनीले यस वर्षको अप्रिलमा सन् २०२२ को सेप्टेम्बरसम्म ३ ओटा नयाँ इलेक्ट्रिक उत्पादनबाट शुरुवात गर्नेआफ्नो धारणा सार्वजनिक गरेको थियो।

यी उत्पादन सन् २०२३ को फेब्रुअरी र अगष्टको बिचमा सार्वजनिक गरिने ड्राइभस्पार्कमा उल्लेख छ।

एलएमएलका अनुसार अन्य कम्पनीले पनि लगानीका लागि हात अघि बढाएका छन्। तर कम्पनीले यस वर्षको सेप्टेम्बरमा आफ्नो उत्पादनबाट पर्दा उठाएपछि मात्रै अन्य लगानीकर्तासँग सहकार्य गर्ने विषयमा फैसला लिनेछ।

हाल एलएमएल इलेक्ट्रिकलाई मूल कम्पनी एसजी कर्पोरेट मोबिलिटीले वित्त सहयोग प्रदान गरिरहेको छ। कम्पनीले नयाँ फ्याक्ट्रीका लागि भारतको २/३ राज्यमा जग्गाका लागि प्रस्ताव गरेको छ। जग्गाको मूल्यांकन भइरहेको ड्राइभस्पार्कमा उल्लेख छ।

एलएमएल इलेक्ट्रिकले भारतमा हार्ले-डेभिडसनको पूर्व विनिर्माण साझेदार सायरा इलेक्ट्रिक अटोसँग रणनीतिक समझदारी गर्ने तयारी गरिरहेको छ। जसले प्रति महिना १८ हजार इलेक्ट्रिक सवारी उत्पादन गर्ने क्षमता राख्छ।

विश्वस्तरीय फ्याक्ट्री

कम्पनीले प्रति वर्ष १० लाख सवारी निर्माण क्षमताका साथ विश्वस्तरीय इलेक्ट्रिक सवारी प्लान्ट बनाउने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार यस प्लान्टको क्षमता बजारको माग अनुसार परिवर्तन गर्न सकिन्छ। कम्पनीले यो प्लान्ट १८ देखि २४ महिना भित्रमा तयार गर्ने लक्ष्य राखेको छ।

यस वर्ष ३ इलेक्ट्रिक सवारी

एलएमएलले सन् २०२२ को सेप्टेम्बरमा ३ इलेक्ट्रिक मोडल सार्वजनिक गर्नेछ। जसमा एउटा इलेक्ट्रिक हाइपरबाइक, एउटा साधारण ई–बाइक र एउटा इलेक्ट्रिक स्कुटर हुनेछ।

कम्पनीले ईरकइट एजीको सहयोगमा भारतमा इलेक्ट्रिक हाइपरबाइक उत्पादन गर्नेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.