Advertisement

जन-लक्ष्मीको महत्त्व :

0 351

Advertisement

बच्चुराम वाग्ले

०६ जेठ, काठमाडाैं । शुभविवाहको प्रिती भोजको निमन्त्रणा मान्न पुग्नु भएका विशिष्ट पाहुनाले बेहुलाका पितालाई बधाई दिनुभयो । दुवैले एक अर्कामा आलिङ्गन गरेर आत्मियता प्रदर्शन भयो । त्यो मिलनको क्षण बेहुलाका पितालाई विशेष दर्शनीय थियो ।

त्यहाँ पछि वहाँ वर-वधुको रिसेप्शनमा जानु भयो । वहाँले वर- वधुलाई सामान्य हात जोरेर सुखमय भावी जीवनको शुभकामना दिनु भयो र आफ्नो परिचय दिनु भयो । केही क्षण सँगै बस्नु भयो, बेहुलाका पिता तर्फ आउनु भयो र आफू विदा माग्दै गरेको सङ्केत गर्नुभयो । बेहुलाका पिताले ती पाहुनालाई भन्नु भयो, – मित्र, तपाईंले ती वर वधुलाई कुनै यस्तो वरदान गर्नुहोस्, जुन वर तिनले सदाका लागि गाँठो पारेर राखुन् । त्यो वर उनिहरूका लागि अविश्मरणीय होस् । यति आग्रह सुनिसके पछि आगन्तुक सरासर रिसेप्शनमा जानु भयो र वहाँले वरलाई एक शयको नयाँ नोट हातमा थमाउन दिनु भयो र भन्नु भयो, – दुलाहा साप! ल यो नोट कच्याक कुचुक पारेर तपाईंले सकेको दूरिमा पुग्ने गरी हुर्याउनु होस् ।

बेहुलाले एक पटक पाहुनाको मुहार हेरे र भने, – ठुलो बा! यो मैले समाएको धनलक्ष्मी हो । यो तपाईंले मलाई कोशेली दिनुभयो । म यसलाई जतनले राख्छु । धनलक्ष्मीलाई पनि कसैले फ्याँक्छ ? म त्यसो गर्न सक्दिन ।

आगन्तुकले आफ्नो कान समाउँदै बेहुलालाई भन्नुभयो, – बाबु! तपाईंले समाएको एकशयको नोट धनलक्ष्मी हो भने तपाईंको साइडमा रहेकी जन-लक्ष्मी हुन् । जसरी तपाईंले कागजबाट निर्मित धन लक्ष्मीको भारलाई आत्मियताको तराजुले तुलना गर्नुभयो र उच्चस्थान दिनुभयो, त्यस्तै गरी यी जन लक्ष्मी पनि सर्वगुण सम्पन्न होलिन् । उनको आकार र भौतिक सजावत भन्दा आत्मियतालाई कदर गर्नुहोस् । यिनी त अग्नि, मातृका, ध्रुवतारा, हजुरबा र सन्निकट कुलाचारलाई साक्षी राखेर हर्ष बढाईका साथ भित्र्याइएकी, कहिले पनि यिनको महत्त्वलाई अवमूल्यन नगर्नुहोस् । समाजमा जसरी तपाईंको उपस्थिति महत्त्वपूर्ण थियो, अब तपाईं दुइको एकै साथ उपस्थितिले मात्र त्यो सर्वगुण सम्पन्नतामा परिणत हुन्छ । यी जनलक्ष्मीलाई समुद्रदेवले तपाईं योग्य बनाई यहाँसम्म ल्याउन गरेको मेहनतको पनि तपाईंको ब्रह्मले कदर गर्नुहोस् । तपाईंको जय होस् ।

बेहुलाका पिताले यस्तै सोचेका थिए । मित्र त उनको मनको भाव बुझ्ने रहेछन्, उनी दङ्ङ परे ।

हरि: ॐ !!



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.