Advertisement

फिनल्यान्ड नेटोमा जाेडिनु ‘भुल’ हुने पुटिनको चेतावनी

0 250

Advertisement

०१ जेठ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फिनल्यान्डले तटस्थ हैसियत त्यागेर नेटोमा जाेडिनु ‘भुल’ हुने चेतावनी दिएका छन् । उनले आफ्ना फिनिस समकक्षीलाई यस्तो चेतावनी दिएका हुन् ।

पुटिनले फिनिस राष्ट्रपति साउली निनिस्तोलाई फिनल्यान्डको सुरक्षामा कुनै खतरा नभएको बताए ।

फिनल्यान्डले नेटोमा सहभागी हुन छिट्टै औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको पूर्वसन्ध्यामा दुई नेताबीच टेलिफोनमा कुराकानी भएको हो । फिनल्यान्डका राष्ट्रपतिले पुटिनलाई फोन गरेका थिए ।

फिनल्यान्डको १,३०० किलोमिटर सिमाना रुससँग जोडिएको छ । हालसम्म आफ्नो पूर्वी छिमेकीसँगको शत्रुताबाट जोगिन फिनल्यान्ड नेटोबाट बाहिरै रहेको छ ।

फिनल्यान्डसँगै स्वीडेनले पनि नेटोमा सहभागी हुने इच्छा व्यक्त गरेको छ ।

पुटिनले फिनल्यान्डको कदमको बदला लिने कुनै खास धम्की दिएनन्, तर रुसी विदेश मन्त्रालयले जवाफी कारबाही हुने संकेत गरेको छ ।

फिनल्यान्डमा विद्युत आपूर्ति निलम्बन गर्ने रुसको निर्णयलाई प्रारम्भिक संकेतको रूपमा हेरिएको छ । रुसी उर्जा आपूर्तिकर्ता आरएओले आफ्नो विज्ञप्तिमा भुक्तानीमा समस्या देखिएको उल्लेख गरेको छ ।

फिनल्यान्डले रुसी निलम्बनले कुनै समस्या नपरेको बताएको छ । फिनल्यान्डकी राष्ट्रिय ग्रिड कार्यकारी रेमा पायभिनेनले रुसी आयातले आपूर्तिको करिब १० प्रतिशत ओगटेको र वैकल्पिक स्रोतबाट प्रतिस्थापन गर्न सकिने बताए । बीबीसी



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.