Advertisement

बूढानीलकण्ठ नगरपालिका वडा नं.२ वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवारमा बलिया दाबेदार हुन राजेन्द्र श्रेष्ठ

0 260

Advertisement

२६ चैत, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं.२ मा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारमा बलिया दाबेदारका रूपमा राजेन्द्र श्रेष्ठ देखिएका छन्।

२०७४ सालको पहिलो स्थानीय निर्वाचनमा वडा सदस्यको रूपमा निर्वाचित भएर आएदेखि वडा र समग्र नगरपालिकाकै विकासमा अहोरात्र खटिदै आएका श्रेष्ठ नेकपा एमालेको नवौं अधिवेशनबाट वडा शाखा कमिटी अध्यक्षमा सर्वसम्मत चुनिएका हुन्। वडा नं.२को सदस्यको रूपमा रहेर वडामा मात्रै नभएर पुरै नगरमा सम्पन्न हुने विकास निर्माणकार्यमा उनको सहभागिता रहने गरेको छ। अनुगमन समितिमा रहेर जिम्मेवारी पनि श्रेष्ठले निभाईरहेका छन्।

कोभिड-१९ को महामारीमा बूढानीलकण्ठ नगरपालिकामा नै पहिलोपटक वडा नं.२ मा आईसोलेशन सेन्टर स्थापना गर्न सक्रिय रूपमा लागीपरेका थिए।

चुवानी माहोलमा युवा, जेहेन्दार युवा नेता श्रेष्ठले भने नेकपा एमाले पार्टीकाे बागडाेर अब बिस्तारै युवा पुस्ताले सम्हाल्नु पर्ने र अनेकौ आरोह अवरोह चिर्दै अब नेकपा एमाले समग्र वडा एक ढिक्का भएर जनताको सेवक बन्ने; उनले बताए ।

वडाभित्र रहेका आस्था र धार्मिक धरोहरका मन्दिरहरुको जिर्णोद्धार तथा संरक्षणमा पनि कृयाशिल रहेकाछन्। भौतिक संरचना मात्रै निर्माण गरेर विकास नहुने त्यसको लागि मुख्यत सामाजिक र आर्थिक विकास महत्त्वपूर्ण हुन्छ भन्ने विचारबाट अभिप्रेरित श्रेष्ठले स्थानीय महिलाको सशक्तीकरणका लागि सीपमूलक तालीमको व्यवस्था गराई महिलाद्वारानै बेकरी संचालन गरिएको उदाहरण पनि एक हो।

मृदुभाषी अत्यन्तै मिलनसार, समाजसेवी र आफूलाई अत्यन्तै साधारण मानिस सम्झने असल व्यक्तित्वका धनी राजेन्द्र श्रेष्ठ सम्पूर्ण वडाबासीको मनभित्र अटाएका मात्र छैनन् बिश्वास र भराेसा पनि गरेका छन्। नेकपा एमाले पार्टीले उम्मेदवारका लागि टिकट वितरण गर्दैछ त्यसमा श्रेष्ठले टिकट पाउनुपर्नेा बलिया दाबेदार देखिन्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.