Advertisement

हिमपात र हावाहुरीका कारण अफ्ठ्यारोमा परेकालाई राहत दिन गृहमन्त्रीको निर्देशन

0 416

Advertisement

२२ माघ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीनजना र पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण अफ्ठ्यारोमा परेकाहरूलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

शनिबार बिहान गृहमन्त्री खाणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई जिल्लासँगै हिमाली जिल्लाका आठ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात र हावाहुरीका कारण अफ्ट्यारोमा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका १२ मा अवस्थित फकिरचन उच्चमाध्यामिक विद्यालयको प्राङ्गणमा भिक्स मसालाको हाँगा भाचिँदा महेन्द्र सदाकी ८ वर्षकी छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरविन्दको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिए ।

त्यस्तै शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका एकमा घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी श्रीमति ४५ फुलमतियादेवी मृत्यु भएको थियो । गृहमन्त्री खाणले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी प्रमुख एसपी विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.