Advertisement

काठमाडौं उपत्यकाभित्र दशैंमा ठूला दुर्घटना शून्य, ३ हजार ३ सयलाई कारबाही गर्दा प्रहरीले ३३ लाख रुपैयाँ राजस्व सङ्कलन

0 467

Advertisement

०२ असाेज, काठमाडौँ । दशैं सुरु हुनुभन्दा अघि नै प्रहरीले काठमाडौं उपत्यकाभित्र सुरक्षा योजना लागू गरेको थियो। महानगरीय ट्राफिक प्रहरीले पनि दशैंमा हुने सडक दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा योजना लागू गर्‍यो। दिउँसोदेखि रातिसम्म सडकमा ट्राफिक प्रहरी लगातार खटिए।

चोक चोकमा चेकिङ प्वाइन्ट थापेर ट्राफिक प्रहरीले सक्रियता देखायो। त्यसैको परिणाम शून्य दुर्घटना भएको प्रहरीको दावी छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्मा दासले उपत्यकाभित्र दशैंमा कुनै पनि ठूलो दुर्घटना नभएको दाबी गरे। त्यस्तै, दुर्घटनामा परेर एक जना पनि गम्भीर घाइते नभएको एसपी दासले बताए।

‘घटस्थापनादेखि आजसम्म काठमाडौंमा कुनै ठूलो दुर्घटना भएन। सामान्य गाडीले छोएको, कोरेकामात्र घटना छन्। दुर्घटना नहुँदा एक जना पनि गम्भीर घाइते भएनन्,’ एसपी दासले भने।

महाशाखाले दशैंको समयमा १ सय ३२ ठाउँमा विभिन्न चेकिङ प्वाइन्ट बनाएको थियो। चार्ड पर्वको समयमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने भएकाले दुर्घटना हुने भन्दै प्रहरीले सक्रियता बढाएको थियो। जसको परिणाम सबैभन्दा धेरै मानिस मापसे कारबाहीमा परे। घटस्थापना देखि आज बिहानसम्म ३ हजार ३ सय जनालाई मापासेमा कारबाही गरेको एसपी दासले जानकारी दिए।

‘मापसे गर्नेलाई नियन्त्रण तथा कारबाही गरेकाले पनि दुर्घटनालाई कमी गर्न सहयोग पुग्यो। धेरै मानिसले मापसे गरेर सवारी चलाएको पाइयो,’ एसपी दासले भने।

प्रहरीले दशैंको टीकाको दिन बिहानैदेखि चेकिङ सुरु गरेको थियो। चार्ड पर्वको बहानामा मापसे गरेर सवारी चलाउने गरेको पाइएको छ। यसरी मापसे गरेर सवारी चलाउनेको सवारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गर्छ। त्यसपछि उनीहरूले १ हजार रुपैयाँ जरिवाना समेत तिर्नुपर्छ। ३ हजार ३ सयलाई कारबाही गर्दा प्रहरीले ३३ लाख रुपैयाँ राजस्व मार्फत् सङ्कलन पनि गरेको छ।

प्रहरीले राज्यको लागि संलकन गर्ने राजस्वमा सबैभन्दा धेरै ट्राफिक कारबाहीबाट नै हुने गरेको देखिन्छ। ट्राफिक कारबाहीबाट प्रत्येक वर्ष १ अर्ब रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन हुने गरेको छ। गएको चालु आर्थिक वर्षमा ट्राफिक कारबाहीमा १ अर्ब १६ करोड ३५ लाख १४ हजार ९ सय रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

आजबाट दशैंको सार्वजनिक विदा सकिएको छ। त्यसैले सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेका छन्। तर प्रहरीको सुरक्षा योजना भने जारी गरेको छ। काठमाडौंमा यस पटको दशैंमा कुनै पनि जघन्य अपराध नभएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।

‘चोरी तथा ठूला जघन्य अपराध कुनै भएको छैन। दशैंमा यस्ता घटना हुन नदिन सक्रिय भएर हामी लागेका थियौँ,’ एसएसपी सिंहले भने ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.