Advertisement

मन्त्री तथा पदाधिकारीलाई आचारसंहिता

0 219

Advertisement

२६ भदाै, बागमती । बागमती प्रदेश सरकारले सुशासन र पारदर्शी बनाउन प्रदेश सरकारका मन्त्री र पदाधिकारी आचार संहिता, २०७८ पास गरी सार्वजनिक गरेको छ । प्रदेशको मन्त्रिपरिषद्को बैठकले आचार संहिता पास गरेर सार्वजनिकसमेत गरेको हो ।

प्रदेश सुशासन ऐन, २०७७ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकार, मन्त्रिपरिषद्ले आचार संहिता जारी गरेको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले बताउनुभयो ।

प्रदेशका मन्त्री तथा पदाधिकारीले बागमतीका मन्त्री तथा पदाधिकारीलाई आचार संहिता कुनै पनि नियुक्तिमा आफन्त र नातागोतालाई प्राथमिकता दिन नहुने गरी पास गरिएको छ । प्रदेशलाई नमूना प्रदेशका रूपमा विकास गर्ने, युवा र महिलाका लागि आत्मनिर्भर बनाउन उद्यमशीलताको विकास गर्ने, सार्वजनिक सेवा प्रवाह सुशासनयुक्त प्रदेश बनाउने आचार संहितामा उल्लेख गरिएको छ ।

संविधान कार्यान्वयनमा सक्रिय पहल गर्ने, दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिमा लगनशील भई शासन प्रणालीलाई सहभागितामूलक बनाउने, देश र जनताको हित तथा सेवामा निरन्तर सक्रिय रहने उद्देश्य पूर्तिका लागि सुशासन व्यवस्थापन तथा सञ्चालन गर्ने गरी आचार संहिता पास गरेको प्रदेश सरकारका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाक्यको राजनितिक सल्लाहकारमा अर्याल

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधव अर्याल नियुक्त हुनुभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राज्यमन्त्रीसरह सेवा–सुविधा पाउने गरी प्रमुख सल्लाहकारमा नियुक्त गरेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.