Advertisement

मनसुनकाे दुई महिना : बाढीपहिरोबाट ९० जनाको मृत्यु, ७५९ घर भत्किए

0 694

Advertisement

१३ भाद्र, काठमाडौं । बाढीपहिरोबाट नेपालमा हालसम्म ६३ वटा जिल्ला प्रभावित भएका छन् । जेठ ३१ देखि भदौ ११ गतेसम्म बाढीपहिरोका कारण ६३ वटा जिल्ला प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यो मनसुनमा बाढीपहिरोका कारण ९० जनाले ज्यान गुमाइसकेका छन् । ४५ जना बेपत्ता र ९६ जना घाइते भएको विपद् जोखिम न्यूनीकरण प्राधिकरणकाे विवरणमा उल्लेख छ । यसैगरी ४० जिल्लामा ७५९ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने १६८ वटा घरमा आंशिक क्षति भएको छ ।

बाढीपहिरोका कारण ३७ वटा सरकारी कार्यालय, १५ वटा सामुदायिक भवन–स्कुल, २५ वटा जलविद्युत आयोजना, २९ वटा मोटरेबल पुलमध्ये ७ वटा काठेपुल र २९ वटा झोलङ्गे पुलमा क्षति भएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण बाजुरामा एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् । त्यस्तै ११ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने ५ वटा घरमा आंशिक क्षति भएको छ । गोरखामा बाढीबाट चार जनाको मृत्यु, दुई जना बेपत्ता र दुई जना घाइते भएका छन् । साथै १६ वटा घर पूर्णरुपमा क्षति भएको छ भने ५८ वटा घरमा आंशिक रुपमा क्षति भएको छ । त्यस्तै एउटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

मनाङमा बाढीका कारण ५९ वटा घर पूर्णरुपमा र २० वटा घरमा आंशिक रुपमा क्षति भएको छ । साथै बाढीले सडक एक, बेलिब्रिज एक, सामुदायिक भवन एक, झोलुङ्गे पुल आठ, पक्कि पुल दुई, मोटरेवल काठेपुल सात, सरकारी कार्यालय चार, स्कुल १ र दुई वटा बैंकमा क्षति पुगेको छ । त्यस्तै चारवटा विद्युतीय पावर हाउसमध्ये दुईवटा पूर्णरुपमा क्षति भएको छ भने दुईवटाको पाइपलाइन बाढीले बगाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.