Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

चार जनाकाे मृत्यु पछि राउटे समुदायले परिवर्तन गरे बासस्थान

0 283

०५ भदाै, सल्यान । सल्यानको कालीमाटी ५ काल्चे च्युरीमा बस्दै आएका राउटे समुदायले आफ्नो बासस्थान सारेका छन् । सल्यान छोडेको १० वर्ष पछि असार ८ गते सल्यान फर्किएकाे उक्त समुदायमा चार जनाको निधन भएपछि सुर्खेतमा पुगेका छन् । गुर्भाकोट नगरपालिका–१ सीमसार भन्ने ठाउँमा पुगेका छन् । गत बुधबार सात वर्षीया डवी शाहीको मुत्यु भएपछि उक्त स्थान छाडिएको हो ।

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका दुई वर्षीया मयो शाही, ३४ वर्षीय दलबहादुर शाही र २१ वर्षीय मानसिंह शाहीको एक हप्ताको फरकमा ज्यान गएको हो । मुखिया वीरबहादुर शाहीका अनुसार डवी शाहीको मुत्यु भएपछि बसाईंसराई गरिएको हो । सामान्य अवस्थामा रहेका शाहीको मृत्यु भएपछि बसाईंसराई गरिएको बुझिएको हो ।

सल्यान कालीमाटी काच्चे च्युरीवाट बसाई सराई गरेका राउटे समुदाय केही दिन सल्यान सुर्खेत सिमानामा रहेको गुर्भाकोट नगरपालिका–१ सीमसारमै रहने बुझिएको छ । बालिकाको मृत्यु भएपछि उनीहरु कम्तीमा १२ दिन यही बस्ने र त्यसपछि कहाँ जाने टुङ्गो लागेको छैन । बस्ती सीमसारमा बसे पनि सबै सामान बोटेचौर–सल्यान–तुल्सीपुर सडक खण्डको सुर्खेतस्थित गैरीबजारमा राखेका छन् । उनीहरु जाजरकोट वा सुर्खेतको बड्डीचौरतर्फ जाने भन्नेबारे केही खुलाएका छैनन् ।

सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंसहित स्वास्थ्यकर्मीको टोली उपचारका लागि राउटे वस्तीमा पुग्नुभएको छ । दुई वर्षअघि १५६ जना रहेका राउटे समुदायको संख्या अहिले १४१ मा झरेको छ । कालिमाटी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले राउटेलाई सुरक्षित तवरले बसोबास मिलाइए पनि एक वालिकाको मुत्यु पछि सल्यान सुर्खेत सिमानामा पुगेको खबर आएको बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.