Advertisement

पार्टीभित्रको गलत प्रवृत्तिविरुद्ध निरन्तर जुधिन्छ : माधव नेपाल

0 756

Advertisement

३० साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको गलत प्रवृत्तिको विरुद्ध निरन्तर जुधिने बताएका छन्। शनिबार काठमाडौंको अल्फा हाउस ब्याक्वेटमा ‘कम्युनिस्ट आन्दोलन : अवसर  र अवसरवाद’ नाममा आयोजित कार्यक्रममा उनले त्यस्ता विरुद्ध सम्झौता नगर्ने प्रष्ट पारे।

कम्युनिस्ट आन्दोलनभित्र थुप्रै समस्याहरु रहेको उनले बताए। ‘चुनौतिबिनाको कुनै पनि पार्टी छैन। तर नेपाल कम्युनिस्ट आन्दोलनको सामु निकै ठूलो सम्भावना छ। जनविश्वास अलिकति खस्किएको भएता पनि फेरि पनि मैदान खालि नै छ। त्यसैले समयमै हाम्रो आँखा खुल्नुपर्दछ’, उनले भने।

उनले नेकपा एमालेलाई अवसर प्राप्त भएको भए पनि गुमाएको बताए। ‘के भयो मंगले, आफ्नै ढंगले भनेजस्तै भयो। अहंकार हाबी भयो। व्यक्तिवाद हाबी भयो। स्वार्थ हाबी भयो। धेरै खालका विकृति र विसंगति देखा परे। नीतिगत र कार्यशैलीमा देखा परे। व्यवहार र आचरणको तहमा देखा परे। यी सबै चिज नै समस्याको जड हो। यो समस्यासँग जुध्ने कि त्यसैको मुनि छिर्ने? प्रश्न त्यहाँ छ’, उनले भने।

उनले खराब प्रवृत्तिलाई सहयोग पुग्ने काम नगर्ने बताए। बरु त्यसका विरुद्धमा जुध्ने बताए। ‘कुनै पनि समस्यालाई हल गर्न यदि त्यहाँभित्र शक्ति आर्जन गर्न सकिन्छ भने, ठाउँ पाइन्छ भने, मर्यादा र सम्मान पाइन्छ भने, घरको न घाटको हुने स्थितिमा नपुगियोस् भन्नेमा समयमै विचार पुर्या।एर अघि बढ्न हामीले सहज बाटो लिन खोजिरहेका छौं।

अहसज बाटो कसैले पनि लिनु राम्रो हुँदैन। असहज भनेको बाध्यता हुन्छ। त्यसलाई सहनु पनि पर्छ’, उनले भने, ‘दुःख र चुनौति हाम्रो चाहना होइन। तर वास्तविकता हो। त्यतिबेला पिठ्यु फर्काएर भाग्ने होइन।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.