भन्सार छलेको ८ लाख २० हजार बराबरको मोबाइल फोन बरामद
२० श्रावण, रुपन्देही । नेपाल प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट भन्सार छलेको ११ लाख १८ हजार रूपैयाँ बराबरको मोबाइल फोनसहितका अन्य सामग्रीहरुसमेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय लुम्बिनी, मझगावा र मंगलपुरको टोलीले मंगलबार भन्सार छलेको सामग्रीहरू बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले मोबाइल सेट, इयरफोन, ब्याट्री गरी ८ लाख २० हजार बराबरको सामग्री बरामद गरेको छ।
बरामद सामग्रीहरु भन्सार कार्यालय बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ।