Advertisement

केहि नेपाली उखान-टुक्का र त्यसका मार्मिक अर्थ

0 2,884

Advertisement

०७ साउन, काठमाडौं । कुनै कुराको दृष्टान्तसहित भन्नु परेमा हामी उखान–टुक्काको साहारा लिन्छौं । यि उखान-टुक्काले हामीले भन्न खोजेको कुरा दुरुस्तै र चोटिलो रुपमा व्यक्त गर्छ ।

कुनै कुरा व्यक्त गर्ने सबैभन्दा छरितो र चोटिलो माध्याम हो, उखान-टुक्का । नेपाली समाजमा यस्ता उखान–टुक्का सदियौंदेखि प्रचलनमा छन् ।

हाम्रा पूर्खाहरुले आफ्नो भोगाई, बुझाई आदिका माध्यामबाट यस्ता उखान–टुक्का रचना गरे । खासगरी यी उखान-टुक्काले सकारात्मक कुराहरुमा जोड दिएको छ ।

सही खानपान, सही सोच, सही व्यवहार आदिलाई दर्शाउन पनि उखान–टुक्का रचना गरिएको छ ।

खाने बेला घिन नमान्नु, सुत्ने बेला ऋण नसम्झनु

यो उखान मानसिक स्वास्थ्यसँग जोडिएको छ । अक्सर मान्छे खाना खानेबेला अनेक कुरा सोच्छन्, सुत्नेबला पनि । खानापिन र निद्रा मान्छेको लागि अपरिहार्य हो । खाना खाइरहँदा वा सुतिरहँदा निर्धक्क हुनुपर्छ, अनावश्यक कुराहरु मनमा खेलाउनु हुन्न भन्नका लागि यो उखानले संकेत गर्छ ।

आफु भलो त जगतै भलो

यसले व्यक्तिगत प्रवृत्ति र सामाजिक व्यवहारको तालमेलबारे स्पष्ट पार्छ । आफु राम्रो भएमा वा आफ्नो व्यवहार राम्रो भए, अरुबाट असहयोग, असुविधा झेल्नुपर्दैन । परिवार, आफन्त, गाउँ–छिमेक आदिबाट राम्रो व्यवहार पाउनका लागि आफुले पनि सोही अनुसारको व्यवहार गर्नुपर्ने यसले संकेत गर्छ ।

घाँटी हेरी हाड निल्नु

मान्छेले आफ्नो स्थिती र यर्थाथलाई बुझ्नुपर्छ भन्ने सन्देश छ यसमा । व्यवहारिक बन्न प्रेरित गर्छ । मान्छेलाई आफ्नो हैसियत एवं आफ्नो अवस्था बोध गरेर सोही अनुसार अपेक्षा राख्न सुझाएको छ । अक्सर हामी ठूल–ठूला अपेक्षा गर्छौं । यस्ता इच्छा र अपेक्षाहरुले हामीलाई अरु दुःखी बनाउँछ ।

दुध दिने गाईको लात्ती पनि सहनुपर्छ

यसले खासगरी सहनशिल र क्षमाशिल हुनुपर्छ भन्ने बोध गराउँछ । कुनै कामको प्रतिफलसँगै त्यसमा आउने वाधा–अवरोध पनि झेल्नुपर्छ भन्ने बुझाउँछ यो उखानले । हामी विभिन्न कुराबाट प्रतिफलको आश राख्छौं, लाभको अपेक्षा गर्छौं । तर, त्यसमा आइपर्ने सानोतिनो बाधाहरु छिचोल्न डराउँछौं । यो उखानले कुनैपनि प्राप्ति गर्नुछ भने त्यसमा आइपर्ने चुनौतीसँग पनि जुध्नुपर्छ भन्ने बुझाउँछ ।

जिउँदाको जन्ती मर्दाको मलामी

यो उखानले सामाजिक सद्भाव र परस्पर सहयोगबारे सुझाउँछ । गाउँघर, टोल छिमेक वा समाजमा एकअर्कासँग साथ–सहयोग लिएर–दिएर बाँच्नुपर्छ । छिमेकीको खुसीमा र दुःखमा दुबै असस्थामा सहभागी बन्नुपर्छ । समाजलाई एकढिक्का राख्न र आपसी सम्बन्ध सुमधुर बनाउन यो उखानले प्रेरित गर्छ ।

एक हातले ताली बज्दैन

यो उखान मुलत दाम्पत्य जीवनको तालमेल मिलाउनमा प्रयोग गरिन्छ । साथै कुनैपनि सफलताका लागि एकजुट हुनुपर्ने कुरा सुझाउँछ । एक जनाको वा एक्लो प्रयासबाट केही कुरा संभव हुँदैन । चाहे त्यो पारिवारिक व्यवहार चलाउन होस् वा सामाजिक कार्य गर्न नै, एकअर्काको साथ र सहयोग चाहिन्छ ।

खासगरी श्रीमान र श्रीमतीले पारिवारिक सुखका लागि उत्तिकै सक्रियतासाथ लाग्नुपर्ने बताइन्छ ।

जसले मह काड्छ, उसैले हात चाढ्छ

यसले काम गर्ने, जाँगर चलाउने एवं जागरुक मान्छेलाई प्रेरित गरेको छ । काम गर्ने व्यक्ति नै त्यसको सफलताको हिस्सा हुन्छन् भन्ने कुरा बुझाउँछ । साथसाथै कुनैपनि काम गरेपछि त्यसबाट स्वतः लाभान्वित भइन्छ भन्ने पनि यसले संकेत गर्छ ।

काग कराउँदै गर्छ पिना सुक्दै गर्छ

कुनैपनि काम गर्दा थरीथरी आलोचना, आरोप वा झै–झमेला खेप्नुपर्छ । सार्थक कामहरु गरिरहँदा आउने यस्ता आरोप र आलोचनाप्रति बेवास्ता गरेर अगाडि बढ्नुपर्छ भन्ने यो उखानले दर्शाउँछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.