Advertisement

जयनगर-जनकपुर रेल्वे ट्रयाकमा आइतबार स्पिड परीक्षण गरिने

0 412

Advertisement

०२ साउन, जनकपुरधाम । जयनगर (भारत) – जनकपुर – कुर्था रेल्वे ट्रयाकमा आइतबार रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गरिने भएको छ

नेपाल सरकारले रेल खरिद गरेर ल्याएको १० महिनापछि रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्न लागिएको हो ।

आइतबार भारतको इस्ट-सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

उनका अनुसार परीक्षणको क्रममा रेलको स्पिड १२० किलोमिटर प्रतिघण्टा हुनेछ । उनले सामाजिक सञ्जालमार्फत स्पिड परीक्षण गर्नुपर्ने भन्दै आइतबार रेल्वे ट्रयाक खाली गर्न सर्वसधारणसँग अनुरोध गरेका छन् ।

रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न आग्रह गरिएको छ । सूचनाको अवज्ञा गर्दा कुनै दुर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानून अनुसार कारबाही समेत गरिने चेतावनी रेल्वे कम्पनीले दिएको छ ।

सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको दुईसेट रेल गतवर्षको असोज २ गते ल्याइसकेको छ । तर उक्त रेल अझैसम्म सञ्चालन हुन नसक्दा थन्किएर बसेको छ ।

सशस्त्र प्रहरीको टोली परिचालन गरेर १० महिनादेखि इनरवा स्टेशनमा रेल थन्काएर राखिएको छ । सरकारले पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखेको थियो ।

तर, जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर मात्र रेल ट्रयाक निर्माण भएको छ । कुर्थादेखि बर्दिवाससम्म रेल्वे ट्रयाक निर्माणाधिन अवस्थामा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.