Advertisement

चीनद्वारा पुन: प्रयोग गर्न सकिने सबअर्बिटल क्यारियर अन्तरिक्ष यानको सफलतापूर्वक परीक्षण

0 705

Advertisement

०२ श्रावण, काठमाडौं । चीनले पुन: प्रयोग गर्न सकिने अन्तरिक्ष यानको सफलतापूर्वक परीक्षण गरेको छ । सो अन्तरिक्ष यान अन्तरिक्षको किनारमा उडान गर्न सक्षम हुँदै पुन फिर्ता भएको थियो, जसलाई चीनले पुन प्रयोग गर्न सकिने अन्तरिक्ष यातायात प्रविधिको विकासको दिशामा एक ठूलो कदम भएको बताएको छ ।

एक पुन: प्रयोग गर्न सकिने सबअर्बिटल क्यारियर शुक्रबार उडान प्रदर्शन र प्रमाणिकरण प्रोजेक्टको बेला उत्तर चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको अलक्सा लिगको एयरपोर्टमा अवतरण भएको थियो।

यसभन्दा पहिले शुक्रवार यो अन्तरिक्ष यानलाई उत्तरपश्चिम चीनको गोबी मरुभूमिमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लन्च गरिएको थियो। यसको पहिलो उडान अभियान एक पूर्णरुपमा सफल भएको चाइना एयरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्पोरेशन(सीएएससी) बताएको छ ।

सीएएससीद्वारा विकसित, पुन: प्रयोग गर्न सकिने सबअर्बिटल क्यारियर अन्तरिक्ष यातायात प्रणालीमा प्रयोग गर्न सकिन्छ।

उडानको सफलताले चीनको पुन: प्रयोग गर्न सकिने अन्तरिक्ष यातायातको विकासको लागि एक ठोस आधार बसालेको बताईएको छ।

सबअर्बिटल स्पेसमा उडान गर्न सक्ने सो अन्तरिक्ष यानले पृथ्वीको सतहभन्दा माथि १०० किलोमिटर (६२ माईल) सम्म यात्रा गर्न सक्षम हुन्छ। तर सीएएससीले अन्तरिक्षयान कति माथिसम्म उड्यो भन्ने जानकारी दिएको छैन् ।

“पुन: प्रयोज्य अन्तरिक्ष यातायात प्रविधिको विकास चीनको ‘ठूलो’ अन्तरिक्ष राष्ट्रबाट एक ‘शक्तिशाली’ अन्तरिक्ष-क्षेत्रका लागि संक्रमणको महत्वपूर्ण प्रतीक हो,” सीएएससीले भन्यो।

पुन: प्रयोज्य स्पेसक्राफ्टले यसको पुन: प्रयोज्यताको कारण मिशनहरूको उच्च आवृत्ति गराउने र मिशन लागत न्यून गराउँछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.