Advertisement

मूल्य २८.४९ देखि ३७.६९ लाख सम्मका रेनो काइगर नेपालमा सार्वजनिक

0 663

Advertisement

०१ साउन, काठमाडौं । नेपाली बजारमा रेनोको बहुप्रतीक्षित एसयूभी रेनो काइगर सार्वजनिक भएको छ । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले एक भर्चुअल कार्यक्रममार्फत रेनो काइगर सार्वजनिक गरेको हो ।

रेनो काइगर सीएमएफ–ए प्लस प्लेटफर्ममा विकसित गरिएको सब फोर मिटर एसयूभी हो । रेनो काइगर १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । रेनो क्विडबाट प्रेरित एसयूभी रेनो काइगरमा १६ इन्चको अलोय ह्विल दिइएको छ।

यसलाई नर्मल, इको र स्पोर्ट गरी तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ । रेनो काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर पाउन सकिन्छ ।

त्यसैगरी यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ जसले वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्दछ । यसका साथै काइगरमा ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका फिचर पनि पाउन सकिन्छ ।

६ कलर अप्सनमा उपलब्ध हुने रेनो काइगरको मूल्य २८ लाख ४९ हजार देखि ३७ लाख ६९ हजार रुपैयाँ सम्म तोकिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.