Advertisement

निषेधाज्ञा खुकुलो भएसँगै जोखिम झन बढी, सावधानी नअपनाए जोखिम झन बढ्न सक्छ

0 1,106

Advertisement

१६ असार, काठमाडौं । कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमण दर शून्य अवस्था हुने यकिन तथ्याङ्क नरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताउनुभएको छ । निर्देशक पौडेलका अनुसार श्वासप्रश्वासका छिट्टा र हावाको माध्यमबाट कोरोना सङ्क्रमण सर्ने मुख्यमाध्यम भएको हुनाले कोरोनाबाट सङ्क्रमित हुने दर शून्य अवस्थामै कहिले पुग्ने यसको यकिन तथ्याङ्क छैन ।

‘कोरोनाविरुद्ध देश विदेशमा धेरै अध्ययनहरू भएका झन् । सबैभन्दा बढी जोखिम वा कुनै पनि रोग लाग्नलाई तीन वटा माध्यमको महत्वपूर्ण भूमिका हुन्छ । त्यो हो एजेण्ट, व्यक्ति र वातावरण,’ उहाँले गोरखापत्रसँगको कुराकानीमा भन्नुभयो,‘एजेण्ट भनेको भाइरस हो । यसको नयाँ–नयाँ भेरियन्ट विकसित भयो र त्यो बढी सङ्क्रमक देखियो, यो भेरियन्ट धेरै सङ्क्रमक छ ।’

यसैगरी अर्को व्यक्ति : व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने जस्तोसुकै रोग पनि लाग्न सक्ने उहाँले बताउनुभयो । जस्तै, कसैमा मधुमेह रोग नियन्त्रणमा छैन, जन्मजात रोगविरुद्धको प्रतिरोधात्म क्षमता कमजोर छ, औषधि दीर्घ सेवन गरिरहेका छन् भने यस्ता व्यक्तिलाई जोखिम अत्यधिक बढी हुने बताउनुभयो ।

त्यस्तै अर्को हो वातावरण : वातावरणले पनि कोरोना सङ्क्रमणलाई फैलन मद्दत गरेको हुन्छ । बन्द कोठा, हावा प्रवाह हुन नसक्ने स्थान र धेरै सङ्क्रमित भएका स्थानहरु, जस्तै बैंक, सरकारी र निजि कार्यालय, पसललगायत अन्य क्षेत्र । यस्तो स्थानमा जोखिम बढी हुन्छ । रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले भन्नुभयो, अहिले निषेधाज्ञा विस्तारै खुकुलो हुँदैछ । निषेधाज्ञा खुकुलो भयो भन्दैमा सङ्क्रमण दर पूरै नर्मल अवस्थामा पुगेको छैन । जोखिम कायमै छ । यसैले हामीले स्वास्थ्य मापदण्डलगायत सबै कुरामा ध्यान दिनुपर्छ । यो समयमा एकदमै सचेत हुने अवस्था हो । यदि हामी सचेत भयौं भने सङ्क्रमण दर घट्दै जान्छ, यदि लापरबाही गर्यौ भने सङ्क्रमण फेरि उकालो लाग्न सक्छ ।

‘गत वर्ष निषेधाज्ञा खुकुलो हुँदा धेरै लापरबाही भएको थियो । जसले गर्दा सङ्क्रमण दर पुनः उकालो लगेको थियो ।अहिले पनि यस्तै भएको थियो । त्यो पुनः नहोस् भन्नलाई सबै जना उत्तिकै जिम्मेवार र सचेत हुन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘भाइरस अहिले पनि हाम्रै समुदायमा छ, कति व्यक्ति लक्षण विहीन छन् भने केहीमा सामान्य लक्षण देखिएका छन् । अझ सामान्य लक्षण भएका व्यक्तिले परीक्षण गराएका छैनन् । कति सम्पर्कमै छैनन् भने कति सम्पर्कमा आएपनि परीक्षण हुन सकेको छैन । त्यसैले निषेधाज्ञा खुकुलो भए पनि जोखिम हाम्रै वरिपरि छ ।’

उहाँले भन्नुभयो, यसका लागि सबैजना सचेत हुने, जनस्वास्थ्यका मापदण्ड पालन गर्ने, अनावश्यक भीडभाड नगर्ने, जोखिम युक्त स्थानमा नजाने, हावा प्रवाह हुने ठाउँमा बस्ने लगायतका कुराहरुमा ध्यान दिन जरुरी छ । यति कुरामा ध्यान दियौं भने सङ्क्रमणमा केही कमी हुन्छ । नत्र गत वर्षकै जस्तो फेरि सङ्क्रमण दर बढ्ने जोखिम रहन्छ ।

यद्यपी राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले कस्तो प्रकारको भाइरस विकसित भइरहेको छ भन्ने अध्ययन गरिएको उहाँले बताउनुभएको छ । अर्को विभिन्न ठाउँको तथ्याङ्कको आधारमा जोखिम समूह र जोखिम स्थानहरु कहाँ–कहाँ छन् भन्नेबारे पनि अध्ययन भइरहेको उहाँले बताउनुभयो । त्यसैगरी दुई प्रकारको खोप र तिनको प्रभावकारिता लगायत अन्य कुराको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले अध्ययन गरिरहेको उहाँको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २७ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित र तीस जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित रहेको जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाहरुमा प्रदेश १ मा मोरङ, सुनसरी र झापा, प्रदेश २ मा धनुषा र बारा, बाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली र नुवाकोट छन् । त्यस्तै गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व) र बाग्लुङ, लुम्बिनी प्रदेशमा दाङ, रुपन्देही, पाल्पा र बर्दिया, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलालीमा पनि पाँच सयभन्दा बढी सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी दुई सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा प्रदेश १ मा उदयपुर, संखुवासभा र पाँचथर, प्रदेश २ मा पर्सा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही छन् । त्यस्तै बाग्मती प्रदेशमा रामेछाप र दोलखा, गण्डकी प्रदेशमा गोरखा, म्याग्दी, लमजुङ, पर्वत र तनहुँ, लुम्बिनी प्रदेशमा बाँके, नवरपरासी (पश्चिम), कपिलवस्तु, गुल्मी, अर्घाखाँची र रोल्पा, कर्णाली प्रदेशमा दैलेख, सल्यान, रुपकुम (पश्चिम) र जुम्ला, सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा, डोटी, कञ्चनपुर, बैतडी र अछाम जिल्लाहरुमा दुई सयभन्दा बढी सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.