Advertisement

ललितपुरका ज्येष्ठ नागरिकलाई आज कोभिसिल्ड खोपको दोस्रो डोज दिइँदै

0 831

Advertisement

०९ आषाढ, काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरले ७७ वर्ष माथिका दुई हजार २२० जना कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो ।

खोप आज बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुनेछ । यसका लागि महानगरपालिकाले आठ वटा खोप केन्द्र तोकेको छ। महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ७७ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको खोप लगाउने निर्णय गरेको हो ।

ललितपुर वडा नम्बर ५, ६, ७, ८, १२, १४, १५, १७ र १९ का नागरिकले लगनखेल (पशु सेवा केन्द्र, पशु अस्पताल) मा गएर खोप लगाउनुपर्नेछ । त्यस्तै वडा नम्बर १, ९, १०, ११, १६ र २० का नागरिकले पाटनढोका (पाटन हाइस्कुल) मा, वडा नम्बर २, ३, ४ र १३ का नागरिकले ललितपुर महानगरपालिका प्राङ्गणमा र वडा नम्बर २३ र २४ का नागरिकले धापाखेल स्वास्थ्य चौकीमा गएर खोप लगाउनुपर्नेछ ।

यसैगरी वडा नम्बर २६ र २७ का नागरिकले सुनाकोठी (बालकुमारी स्कुल) मा, वडा नम्बर २१ र २२ का नागरिकले कार्यविनायक स्कुलमा, वडा नम्बर २८ र २९ का नागरिकले हरिसिद्धि स्वास्थ्य चौकीमा र वडा नम्बर १८ र १५ का नागरिकले सैंबु स्वास्थ्य चौकीमा गएर कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा खोप लगाउनुपर्ने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाणेश अर्यालले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.