Advertisement

मेलम्चीमा आएकाेबाढीले सातको मृत्यु, दुई शव फेला, अर्बाैँको नोक्सानी

0 662

Advertisement

०३ असार, सिन्धुपाल्चोक । लार्के खोलाबाट सुरु भएको बाढीले मेलम्ची नदी तटीय क्षेत्रमा अथाह क्षति भएको छ । बाढीले बगाउँदा सात जनाको मृत्यु भएको छ भने दुइको शव फेला परेको छ । बाढीबाट मेलम्ची बजारका अधिकांश घरमा क्षति पुगेको छ । मङ्गलबार साँझबाट सुरु भएको बाढीले मेलम्ची –हेलम्बु र मेलम्ची तिपेनी दुबै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ ।

मेलम्चीबाट माथिल्लो क्षेत्र जोडिने सबै झोलुङ्गे र पक्की पुलहरु बाढीले बगाएको छ । हेलम्बु र पाँचपोखरी गाउँपालिका सडक सञ्जालवाट अलग भएका छन् । निर्माणाधीन रेडियो मेलम्चीको भवनसहित मेलम्ची बसपार्क क्षेत्र हजारौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ । बीसौँ किलोमिटर मेलम्ची–तिम्वु करिडोरका सबै संरचना र खेतीयोग्य जमिन मङ्गलबारको बाढीले बगाएको छ । नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीले उद्धारको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारि दिनुभयो ।

बाढीको कटानवाट सुरक्षित रहन घरको छतमा रहेका स्थानीयहरुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार सुरु भएको छ । घाईतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाढीग्रस्त क्षेत्रमा पठाइएको र आवश्यक उद्धार र पुनःस्थापना बारे छलफल सुरु भएको मेलम्ची क्षेत्रका सांसद तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

सुरक्षित मानिएको पर्यटकीय क्षेत्रमा आएको बाढीले अकल्पनीय क्षति भएको स्थानीयले बताएका छन् । हेलम्बु गाउँपालिकाको तिम्वु बजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची वारका सयौँ घर बाढीले बगाएको छ ।
प्रहरीले भने क्षतिको यकिन तथ्यांक आइनसकेको बताएको छ । पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं.३ लार्केमा गएको पहिरो १ घण्टासम्म खोला थुनिएर फुटदा आएको बाढिले निकै ठूलो क्षति पुर्याइएको र क्षतिको अनुमान मात्र गर्न सकिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारि दिनुभयो ।

तीम्बु बजारमा रहेको तिम्बु प्रहरी चौकीसहित वजारका सबै घर बगाएको इलाका प्रहरी कार्यालय तिम्वुले जनाएको छ । यस्तै बाढीले मेलम्चीमा निर्माणाधीन अबस्थामा रहेको सिटी पार्क बगाएको छ भने आमाहेल्मो बसपार्कमा रहेका टहराहरु बगाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.