Advertisement

अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्याको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

0 867

Advertisement

०२ असार, एजेन्सी । संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा भएको स्वास्थ्य सहायताकर्मीको हत्याको निन्दा गरेका छन् । अफगानिस्तानको नानगाहार प्रान्तमा पाँचजना स्वास्थ्यकर्मीको हत्या भएको थियो । साथै अरु केही स्वास्थ्य सहायताकर्मीलाई घाइते बनाइएको थियो ।

नानगाहार प्रान्तमा संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरुले पोलियो थोपा खुवाउने कार्यक्रममा सहभागी भएका थिए । सोही क्रममा तालिबान लडाकूहरुले उनीहरुको हत्या गरेका बताइएको छ ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधि रामिज अलखारबले सो हत्याको निन्दा गर्नुभएको हो ।

उहाँले नागरिकलाई स्वास्थ्य सहयोग गरिरहेका सहयताकर्मीहरुको हत्या निन्दनीय हो भन्दै यसमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.