Advertisement

काठमाडौंका ७५ प्रहरी पोस्ट कार्यालय अझै टहरामा, महानगरीय परिसरका प्रहरी नै भूकम्पमा आएका पालमुनि

0 1,952

Advertisement

३० जेष्ठ, काठमाडौं । काठमाडौंका ७५ प्रहरी पोस्ट कार्यालय अझै टहरामा, महानगरीय परिसरका प्रहरी नै भूकम्पमा आएका पालमुनि
काठमाडौं । १२ वैशाख ०७२ को भूकम्पले हनुमानढोकास्थित भवन क्षतिग्रस्त भएपछि महानगरीय प्रहरी परिसर ६ वर्षदेखि टेकुस्थित नेसनल ट्रेडिङको परिसरमा छ । आधा जनशक्ति नेसनल ट्रेडिङको भवनमा अटेको छ, आधा खुला चौरमा टेन्ट टाँगेर बसेको छ । भ्रदकालीमा निर्माणाधीन भवन अहिलेसम्म ३० प्रतिशत मात्रै पूरा भएको छ ।

वर्षा आयो कि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी तर्सिन्छन् । विष्णुमती खोलातर्फबाट ढल उर्लेर आउँछ, छेक्ने कसरी ? प्रहरीको वास नै टेन्टमा छ । हो, भूकम्पका वेला चीन सरकारले राहतमा टेन्ट दिएको थियो, त्यही टेन्टको भरमा छ महागरीय प्रहरी कार्यालय टेकु । महानगरीय प्रहरीको मुख्य कार्यालय नै यही हालतमा छ भने अन्य प्रहरी कार्यालयको हालत के होला ? हो राजधानीकै ७५ प्रहरी पोस्ट टेन्ट र जस्ताको टहरामा छन् ।

१२ वैशाख ०७२ को भूकम्पले हनुमानढोकास्थित भवन क्षतिग्रस्त भएपछि महानगरीय प्रहरी परिसर ६ वर्षदेखि भवनविहीन छ । अहिले टेकुस्थित नेसनल ट्रेडिङ भएकै परिसरमा शरणमा छ । प्रहरी परिसरको आधा जनशक्ति नेसनल ट्रेडिङको भवनमा अटेको छ, आधा भने खुला चौरमा टेन्ट टाँगेर बसेको छ । डम्पिङसाइटछेउबाटै बग्ने ढल उर्लिएर प्रहरीलाई तर्साउँछ ।

‘प्लास्टिकको झुत्रा, मलमूत्र र कालो लेदोले जब नाली भरिन्छ, तब मानव मलमूत्रसहितको भेल टेन्टभित्र पनि पस्छ । ढल परिसरको प्रतीक्षालय हुँदै क्यान्टिनसम्म पुग्छ । त्यसपछि परिसर कार्यालयमा आवागमन नै प्रभावित बन्न पुग्छ । यस्तो वेला दुर्गन्धित ढल रोक्न परिसरमा कार्यालय प्रहरी कर्मचारीले निकै कष्ट झेल्नुपर्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेत भन्छन् ।

खासमा परिसर कार्यालयबाट बीच भाग हुँदै ढल बग्ने भएकाले समस्या भएको बस्नेतको भनाइ छ । ‘परिसरको बीचबाट नै ढल बगिरहेको छ । ठूलो पानी पर्दा ढल स्वतः ठूलो हुन्छ । अझ विष्णुमतीतर्फ जाने ढल कार्यालयतर्फ पो आउँछ । ढल भित्र आएपछि दुर्गन्धले बसिनसक्नु हुन्छ,’ उनी भन्छन् ।

परिसर कार्यालयको पछिल्लो भागमा छ, थुनुवा कक्ष । ढल बढेर कहिले त थुनुवा कक्ष जाने बाटो नै रोकिन पुग्छ । यस्तो वेला थुनुवाको सुरक्षा कसरी गर्ने ? ‘ढल बढेर कहिले त माथिसम्म आउँछ, जति छेक्दा पनि सकिन्न । यस्तो वेला थुनुवा कक्षको सुरक्षा गर्न निकै मुस्किल पर्छ । यही मौकामा थुनुवा भाग्यो या कसैले थुनुवामाथि केही गर्‍यो भने के होला ?’ थुनुवा कक्षमा भेटिएका एक हवल्दार प्रतिप्रश्न गर्छन् ।

परिसर कार्यालय बीच भएर बग्ने ढलले प्रहरीलाई मात्र होइन, जब कोही सर्वसाधारण विभिन्न कामले पुग्छन्, त्यसवेला उनीहरूले पनि दुर्गन्ध सामना गर्नुपर्छ । ‘वैदेशिक रोजगारीमा आफन्त ठगिए, त्यसैले जाहेरी दिन टेकु आएको । प्रहरी कार्यालय छिर्न पाएको छैन, ढल गन्हाउन थाल्यो,’ परिसरको कार्यालयप्रति व्यंग्य गर्दै जडीबुटीका गोपाल राउतले भने, ‘महानगरीय प्रहरीको सेवा लिन अन्तर्राष्ट्रियस्तरका सेवाग्राही पनि आउँछन् । तर, यही ठाउँमा ढल गन्हाउँछ । यस्तो अवस्था हेर्दा नेपाल प्रहरीप्रति हेर्ने दृष्टिकोण उनीहरूको कस्तो हेला ? अवस्था सोचनीय लग्छ । नयाँ पत्रिकाबाट

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.