Advertisement

२४ घण्टामा ८२४३ कोरोना जिते : ५०४२ संक्रमित थपिए

0 187

Advertisement

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार २४३ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ८४ हजार ३७३ पुगको छ।

त्यसैगरी २४ घण्टामा पाँच हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ४७१ जनाको परीक्षण गर्दा तीन हजार ५४० र पाँच हजार ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १५ सय २ जना गरेर पाँच हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या पाँच लाख ८५ हजार एक सय पुगेको छ भने एन्टिजेन परीक्षणबाट संक्रमितको संख्या १३ हजार १०४ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाले ६८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ पुगेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.