Advertisement

नेपालमा कोभिडको नयाँ भेरियन्ट भेटिएको छैन : डब्लूएचओ

0 909

Advertisement

२० जेठ, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोभिडको नयाँ भेरियन्ट उत्पत्ति नभएको पुष्टि गरेको छ ।

संगठनको नेपालस्थित कार्यालयले नेपालमा अल्फा, डेल्टा र काप्पाबाहेक कोभिडको भाइरसको नयाँ प्रजाति नभेटिएको जनाएको हो । बेलायतको डेली मेल पत्रिकाको बिहीबारको संस्करणमा नेपालमा कोरोना भाइरसको नयाँ नेपाल भेरियन्ट देखिएको र त्यो युरोपमा फैलने जोखिम रहेको खबर प्रकाशन भएपछि संगठनले त्यसको खण्डन गरेको हो ।

यसअघि पनि कहिलेकाँही आउने गरेको नेपाल भेरियन्ट भेटिएको खबर सत्य नभएको स्वास्थ्य था जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल आएर म्युटेसन भई नयाँ भाइरस अहिलेसम्म नभेटिएको तर कोभिड संक्रमितहरूमध्ये डेल्टा भाइरस सबैभन्दा धेरै व्यक्तिमा फैलिएको मन्त्रालयको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.