काठमाडाैं उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार ५९५, कति थपिए आज ?
१७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार २६३ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा ८९०, भक्तपुरमा १२१ र ललितपुरमा २५२ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार ५९५ पुगेको छ ।
आज देशभर १७ हजार ४८० वटा नमूनाको पीसीआर परीक्षण गरिएको थियो ।