Advertisement

संसद् विघटनविरुद्ध मुद्धाको पेशी मंगलबार तोकियो

0 663

Advertisement

१६ जेष्ठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविद्ध परेका रीटको सुनुवाइका लागि मंगलबार संवैधानिक इजलासमा पेशी तोकिएको छ । आइतबार न्यायाधीशबारे नै बहस भएपछि विघटनविरुद्धको मुद्धा मंगलबार पेसीका लागि तोकिएको छ ।

आइतबारको रिट निवेदकतर्फबाट बहसमा सहभागी भएका वकिलहरुले संवैधानिक इजलासको गठनमाथि प्रश्न उठाएका छन् ।

बसहको सुरुवातमा अधिवक्ता गोविन्द बन्दीले इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राखिएकोमा प्रश्न उठाएका थिए । अहिलेको राजनीतिक परिस्थिति उत्पन्नसँगै नेकपा विभाजन गर्ने सर्वोच्चको फैसलामा श्रेष्ठले त्यो आदेश दिएको र केसीले त्यसमाथि पुनरावलोकन दिन अस्वीकार गरेको भन्दै अधिवक्ता बन्दीले दुवै इजलासमा हुन नपर्ने माग राखेका छन् ।

बन्दीपछि वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि यस विषयमा प्रष्ट पारेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणाले ‘त्यो फैसला र यो मुद्दामा के जोडिएको छ ? यसरी बहस गर्न मिल्दैन ।’ भनेका थिए ।

साथै, प्रधानन्यायाधीशले अरुलाई झैं प्रश्न गरे, मेरो के हुन्छ ? भन्दै प्रश्न गरेका थिए । थापाले ‘लिभमा बसे भैहाल्छ’ भन्दै जवाफ दिएका थिए ।

संसद् विघटनसम्बन्धीको मुद्धा मंगलबार पेशीमा तोकिएको छ भने संवैधानिक इजलासमा न्यायाधीशहरु श्रेष्ठ र केसी रहने÷नरहनेबारे सोमबार निर्णय हुने बताइएङ्कँे छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.