Advertisement

अक्सिजन अभाव भएको बताउँदै बिरामी भर्ना गर्ने कर्णाली अस्पतालको भनाइप्रति मन्त्रालयको आपत्ति

0 824

Advertisement

०५ जेष्ठ, सुर्खेत । कर्णाली प्रदेश अस्पताल कालागाउँका निर्देशक डा.डम्बर खड्काले अक्सिजन अभाव भएको बताउँदै कोभिडका विरामी अस्पतालमा नल्याउन सार्वजनिक सूचना जारी गरेकोप्रति स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ ।

मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई स्वास्थ्य आपताकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति निकालेर ‘अस्पतालले विरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने गरी कबुलियतनामा गर्ने गरेको जानकारी पाइएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले त्यस्तो नगर्न तथा गरेको पाइएमा नियमानुसार कारवाही गर्ने सार्वजनिक सूचना जारी गर्ने’ उल्लेख गरेका छन् ।

यस्तै मन्त्रालयले प्रदेश अस्पताललाई केन्द्र मातहत ल्याउने प्रस्ताव मन्त्रिपरिषदमा पठाइने बताएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश अस्पतालमा भइरहेको गतिविधि प्रति ध्यानाकर्षण भएको जनाए ।

‘संघ अन्तरगत रहेको क्षेत्रिय अस्पताललाई प्रदेश सरकार अन्तर्गत ल्याउन हामी सबैले मेहेनत गरियो, आयो पनि ।’ उनले भने, ‘यस बीचमा प्रदेश सरकारले प्रदेश अस्पताल प्रति देखाएको उदासिनता र महामारीको बीचमा अस्पतालले गरेको गैरजिम्मेवार गतिविधिका कारण हाल संघीय सरकारले प्रदेश अस्पताललाई आफ्नो मातहत लिने प्रकृया शुरू गरेको जानकारी हुदाँहुँदै पनि बिरोध गर्न सकिएन । ’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.