Advertisement

उपचारमा नेपाललाई आपतकालीन सहयोग गर्न विश्व स्वास्थ्य संगठनको आग्रह

0 913

Advertisement

०२ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ ) ले कोरोना संक्रमितको उपचारमा नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेकोले सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेकोले तत्काल सक्दो सहयोग गर्न अन्य देशहरुलाई आग्रह गरेका हुन ।

शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भारत मात्रै होइन अन्य मुलुकलाई पनि आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो संक्रमण र उपचारको सामना गरिरहेका छन् ।’

उनले ती मुलुकहरुमा खोपको आपूर्ति सबैभन्दा ठूलो समस्याको रुपमा रहेको समेत बताएका छन् । नेपालमा हरेक दिन आठहजार भन्दा बढीलाई कोरोना संक्रमण भइरहेको छ भने दैनिक एकसय पचास भन्दा बढीको मृत्यु भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.