प्रधानमन्त्री ओली र नयाँ मन्त्रिहरूकाे सपथ, पुरानै मन्त्रिपरिषदलाई दिए निरन्तरता
३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएकाे छ ।
शुक्रबार शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई सपथ गराउनु भएकाे हाे ।
बिहीबार राति राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
साथै साेही अबसरमा नवनियुक्त मन्त्रीहरूले पनि सपथ लिनु भएकाे थियाे ।
नवनियुक्त मन्त्रीहरूकाे यस अघिकै जिम्मेवारी ताेकिएकाे छ ।
यस अघि मन्त्रिमणडलमा हेरफेर हुने भनिएकाे भए पनि हाललाई पुरानै मन्त्रिहरू रहनु भएकाे छ ।
– लाईभ भिडियाे –