Advertisement

भारतमा एकै दिन थपिए ४ लाखभन्दा बढी कोरोना संक्रमित, दिनमै ४ लाखमा संक्रमण हुने भारत विश्वकै पहिलो मुलुक

0 551

Advertisement

१८ बैशाख, नयाँदिल्ली । भारतमा एकै दिन ४ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार राति ११ बजेसम्म मुलकभर ४ लाख ८ हजार ३२३ जना संक्रमित थपिएका जानकारी दिएको हो । यस अवधिमा कोरोनाकै कारण ३ हजार ४६४ जनाको मृत्यु भएको छ ।

एकै दिन ४ लाख जनामा संक्रमण पुष्टि हुने भारत विश्वकै पहिलो मुलुक बनेको छ। यसअघि अमेरिकामा एकै दिन ३ लाखभन्दा बढीमा संक्रमण पाइएको थियो । भारतमा गत अप्रिल २१ बाटै दैनिक ३ लाखभन्दा बढी संक्रमित थपिन थालेका थिए ।

कोरोनाबाट बढी प्रभावित हुने राज्यहरुमा महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश, कर्नाटक, केरला छन् । मन्त्रालयको पछिल्लो तथांकअनुसार महाराष्ट्रमा ६२ हजार ९१९ जना, कर्नाटकमा ४८ हजार २९६ र केरलामा ४८ हजार २९६ जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा महाराष्ट्रमा ८२८ जना, दिल्लीमा ३७५ र उत्तर प्रदेशमा ३३२ छन् ।

भारतमा हालसम्म १ करोड ९१ लाख ६३ हजार ४८८ जना संक्रमित पाइएका छन् भने २ लाख ११ हजार ८५३ जनाको मृत्यु भएको छ । यो आँकडामा लद्दाखमा थपिएका संक्रमित र मृतकको संख्या सामेल गरिएको छैन । अहिलेसम्म निको हुनेको संख्या १ करोड ५६ लाख ७१ हजार ५३६ छ ।

भारतमा ठूलो मात्रा कोरोना परीक्षणसमेत भइरहेको छ । शुक्रबार मात्रै १९ लाख ४५ हजार २९९ नमुनाको पीसीआर परीक्षण भएको छ । एक दिनमा गरिएको परीक्षणमा यो हालसम्मकै ठूलो संख्या हो । बिहीबार १९ लाख २० हजार १०७ नमुनाको जाँच गरिएको थियो । हालसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ नमुनाको परीक्षण भइसकेको छ ।

यहाँ कोरोनाविरुद्धको खोप अभियान पनि चलिरहेको छ । पछिल्लो २४ घन्टामा २७ लाख ४४ हजारभन्दा बढीले खोप लगाएका छन् । गत अप्रिलको दोस्रो साता एकै दिनमा लगाइएको खोपभन्दा यो निकै कम हो । १-१४ अप्रिलसम्म भारतमा ‍औसतमा ३५.२६ लाख जनामा खोप लगाइएको थियो । जबकि १५-२९ अप्रिलसम्म यो आँकडा घटेर २५.१६ मा आइपुगेको थियो । शुक्रबारसम्म झन्डै साढे १५ करोड जनाले खोप लगाइसकेको मन्त्रालयको तथ्यांक छ ।

जनताबीच पुग्न मोदीको मन्त्रीहरुलाई निर्देशन
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संघीय मन्त्रिपरिषद्को बैठकमा सरकारको सबै अङ्ग एकजुट र द्रूत रूपमा काम गरिरहेको बताएका छन् ।

कोरोनाको दोस्रो लहरले पैदा गरेको अवस्थालाई सामना गर्न जनताको बीचमा पुगेर काम गर्न उनले बैठकमा उच्चपदस्थ कर्मचारी तथा मन्त्रीहरूलाई निर्देशन दिए । उनले मन्त्रीहरुलाई आ–आफ्नो क्षेत्रका मानिसहरुसँग सम्पर्कमा रहन, मद्दत गर्न र उनीहरूको सुझाव लिन पनि आग्रह गरेका उनको सचिवालयले जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री मोदीले स्थानीय स्तरमा समस्याहरु तुरुन्त पहिचान गरी सम्बोधनको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन् ।

भिडियोमार्फत बसेको बैठकमा केन्द्रीय मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सचिव र क्याबिनेट सचिव पनि उपस्थित थिए ।

याे पनि हेर्नुहाेस् :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.