Advertisement

दैनिक ४ सयको हाराहारीमा भारतबाट यात्रु नेपाल भित्रिदै, यात्रुलाई क्वारेन्टिन नराख्दा कोरोना संक्रमणको जोखिम बढ्दाे

0 1,365

Advertisement

१६ बैशाख, काठमाडौं । यही अप्रिल ४ मा १ सय ८८ जना यात्री लिएर दिल्लीबाट हङकङका लागि उडेको विमानका ५२ यात्रीमा कोरोना संक्रमण पुष्टि भयो।

डेलीमेलले तयार पारेको रिपोर्ट अनुसार उनीहरू एयर इन्डियाको विमानमार्फत हङकङ पुगेका थिए। विमानमा यात्रा गर्नुको ७२ घण्टाअगाडि गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ देखिएको थियो।

यो विषयलाई लिएर भारतमा हुने गरेको कोरोना परीक्षण रिपोर्टको आधिकारिकतामाथि प्रश्न उठेको छ। समाचारमा भारतमा नक्कली परीक्षण रिपोर्ट समेत बन्ने गरेको उल्लेख गरिएको छ।

प्रसंग छिमेकी मुलुक भारत र हङकङको भए पनि यसले नेपालको सन्दर्भमा उत्तिकै अर्थ राख्छ। नेपालमा पनि भारतको राजधानी नयाँ दिल्लीबाट एयर इन्डियाले दैनिकरूपमा उडान भर्दै आएको छ। उडानमार्फत दैनिक ४ सयको हाराहारीमा यात्रु नेपाल भित्रिने गर्छन्।

यसले नेपालमा कोरोना संक्रमणको जोखिम बढाएको छ। तर, सरकारले कोरोनाको भयावह अवस्था सामना गरिरहेको भारतको उडान रोक्नतर्फ कुनै निर्णय गरेको छैन।

कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै सरकारले स्थल सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। सीमा नाका बन्दको निर्णयसँगै स्थलमार्गबाट फैलन सक्ने जोखिमलाई घटाएको छ। तर, हवाईमार्ग हुँदै नेपाल भित्रिने यात्रुका सन्दर्भमा कडाइ मात्र गरिएको छ।

कोरोनाको हटस्पट बनेको भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौंको उडान भने अहिले पनि निरन्तर छ। उडानका क्रममा पिसिआर परीक्षण र सुरक्षा सावधानी अपनाउने गरिए पनि यात्रुलाई क्वारेन्टिनमा राख्ने गरिएको छैन। यसले नेपालमा कोरोना संक्रमणको जोखिम बढाएको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार कोरोना महामारीपछि नयाँ दिल्ली र काठमाडौंबाट दैनिकरूपमा एक–एक उडान हुने गरेका छन्।

भारतबाट एयर इण्डियाको विमानले र नेपालबाट नेपाल बायुसेवा निगमले उडान भर्दै आएका छन्। नेपाली र भारतीय मात्र आवतजावत गर्न पाउने गरी ‘एयर बबल’ ढाँचामा हवाई मार्ग सञ्चालनमा रहेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका प्रवक्ता राजेन्द्र श्रेत्री यी दुई उडानबाट दैनिक साढे ३ सयदेखि ४ सयसम्म यात्रु नेपाल भित्रिने र सोही अनुपातमा नेपालबाट दिल्ली जाने गरेको बताउँछन्।

भारतीयको ट्रान्जिट प्वाइन्ट बन्दै नेपाल

प्रवक्ता क्षेत्री भारतमा कोरोना संक्रमण बढेसँगै तुलनात्मकरूपमा एक महिनादेखि नेपाल भित्रिने भारतीयको संख्या बढेको बताउँछन्।

‘भारतबाट नेपाल घुम्न आएजस्तो त देखिँदैन। तर, यसरी आएका भारतीय नेपालमा पिसिआर परिक्षण गर्ने र नेपाललाई ट्रान्जिट बनाएर खाडी मुलुक, हङकङलगायत श्रम बजारमा जाने गरेको देखिएको छ,’ उनी भन्छन्, ‘यसले पनि संख्या बढाएको देखिन्छ। तर, सरकारको पछिल्लो निर्णयबाट यो संख्यामा केही कम हुन्छ कि भन्ने हाम्रो अनुमान छ।’

अध्यागमन विभागका अनुसार गत मार्चमा नेपालमा ६ हजार १ सय ६९ भारतीय नेपाल भित्रिएको तथ्यांक छ। विभागका अनुसार निश्चित मापदण्ड अनुसार सीमित मात्रलाई अनएराइभल भिसा दिने गरिएको छ।

विभागका प्रवक्ता झंकनाथ ढकाल अप्रिल १५ देखि २६ सम्ममा ३ हजार ९ सय १३ भारतीय नेपाल प्रवेश गरेको तथ्यांक रहेको बताउँछन्।

‘पछिल्लो समय नेपाल आउने भारतीयको संख्या बढेको देखिन्छ। यो संख्या विभिन्न देशमार्फत पासपोर्टबाहेक भारतीय आउने क्रम बढेको देखिन्छ,’ प्रवक्ता ढकाल भन्छन्।

नेपाल भित्रिने भारतीय नक्कली परीक्षण रिपोर्टका आधारमा नेपाल प्रवेश गर्ने गरेको आशंका समेत गरिँदै आइएको छ।

पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने भारतीयको संख्या बढेको छ। यससँगै सरकारले भदौ १६ बाट नेपालको हवाईमार्ग प्रयोग गरी तेस्रो मुलुकलाई गन्तव्य बनाउन रोक लगाएको छ।

ट्रान्जिट बनाउने भारतीयको पिसिआर परीक्षणमा रोक

पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाई विभिन्न देश जाने क्रम बढेपछि सरकारले ट्रान्जिट बनाउने भारतीयको पिसिआर परीक्षणमा रोक लगाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मात्र कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षणमा नेपाललाई ट्रान्जिट बनाई अन्यत्र जान चाहने विदेशीको हकमा परीक्षण सुविधा नदिन प्रयोगशालालाई निर्देशन दिएको छ।

मन्त्रालयले नेपाल ट्रान्जिट भएका नेपाली, सोमबारसम्म नेपाल आई क्वारेन्टिनमा बसेका तथा एयर बबल सुविधा अनुसार नेपाल प्रवेश गरेका विदेशीलाई मात्र पिसिआर परीक्षणको व्यवस्था गर्न प्रयोगशालालाई निर्देशन दिएको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले हवाईमार्ग हुँदै नेपाल भित्रिने नेपाली तथा विदेशी नागरिकको हकमा पिसिआर परीक्षण रिपोर्ट अनिवार्य हुनुपर्ने र नेपाल प्रवेशपछि अनिवायरूपमा क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ।

‘भारतमा बढ्दो महामारीलाई हेरेर दिल्लीको उडान रोक्नु उपयुक्त’

जनस्वास्थ्य विज्ञ किरणराज पाण्डे भारतमा बढ्दो महामारीलाई हेरेर पनि भारत तर्फको मात्र उडान बन्द गर्नु उपयुक्त हुने सुझाव दिन्छन्। उनी कोरोनाको हटस्पट बनेको राजधानी नयाँ दिल्लीबाट उडान कायमै राख्दा जोखिम देखिएको बताउँछन्।

उच्च सुरक्षा सर्तकता अपनाउन सकिए मात्र जोखिम कम हुने उनको भनाइ छ। ‘विमानस्थल बन्द नगर्दा रिस्क त छ। भारततर्फको मात्र उडान बन्द गर्दा फरक पर्ने देखिँदैन,’ उनी भन्छन्, ‘उडान निरन्तर नै गरिएको अवस्थामा क्वारेन्टिनलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ। यसका लागि हामीसँग यसअघिको अनुभव पनि छ।’

उनी विमानस्थलको हकमा फरक निर्णय गर्नुमा नियन्त्रण गर्न सकिन्छ कि भन्ने बुझाइ हुनसक्ने बताउँछन्।

‘सरकारले जनस्वास्थ लगायतका बिषयलाई सन्तुलन राख्न खोजेको देखिन्छ। सीमाबाट आएकालाई क्वारेन्टिनमा राख्न गाह्रो छ,’ जनस्वास्थ्य विज्ञ पाण्डे भन्छन्, ‘हवाईमार्गका यात्रुको रेकर्ड व्यवस्थित हुने भएकाले नियन्त्रण गर्न सकिन्छ भन्ने सरकारको बुझाइ होला। यसका लािग स्वास्थ्य मापदण्ड पालनामा कडाइ र क्वारेन्टिन व्यवस्थापनमा विशेष जोड दिनुपर्छ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.