Advertisement

कृषि विकास बैंकको नाफा २ अर्ब माथि, लाभांश क्षमता १.४३ अर्ब

0 296

Advertisement

१४ बैशाख, काठमाण्डौं । कृषि विकास बैंक लिमिटेड (ADBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ७ करोड ३० लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा २ अर्ब ४ करोड ४६ लाख खुद नाफा कमाएको बैंकले १.३९ प्रतिशतले नाफा बढाएको हो । बैंकको खुद ब्याज आम्दानी सामान्य बढेपछि नाफा पनि सामान्य मात्र बढेको हो ।

बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा १८ करोडले बढेको छ । गत आवको यसै अवधिमा १ अर्ब २५ करोड ८८ लाख रुपैयाँ रहेकोमा बढेर १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ कायम भएको छ ।

सरकारको ५ अर्ब ४३ करोड २७ लाख रुपैयाँ अग्राधिकार शेयर सहित चुक्ता पूँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको बैंकको १५ प्रतिशतले पूँजी बढेपछि प्रतिशेयर आम्दानी ३.३७ रुपैयाँ घटेर २५.१५ रुपैयाँमा झरेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ४५ अर्ब ३६ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब ९४ करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब ९३ करोड ४२ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५३ प्रतिशत, सञ्चालन नाफा २.२९, निक्षेप १.२१ र कर्जा लगानी १९.७७ प्रतिशत बढेको छ । बैंकको जगेडा कोष १४ अर्ब १४ करोड २९ लाख र शेयरधनी कोषमा ४ अर्ब ३ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात २१.१०, खराब कर्जा अनुपात ३.०८, कोषको लागत ४.९६, कर्जा निक्षेप अनुपात ७९.९२, आधारदर ७.४८, स्प्रेडदर ४.३५ प्रतिशत, प्रतिशेयर नेटवर्थ २२६.४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.०५ गुणा छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.