Advertisement

सशस्त्रका दूई एआईजीको पदावधी एक वर्ष थप,केसी आईजिपी बन्ने सम्भावना बढ्यो

0 399

Advertisement

१३ बैशाख, काठमाण्डाै । सशस्त्र प्रहरीका दुई जना एआईजीको पदावधी थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्रका एआईजीहरु पुष्पराम केसी र रामशरण पौडेलको पदावधी एक वर्ष थप गरेको हो ।

एआईजीको पदावधी थप नगर्न सशस्त्रका प्रमुख शैलेन्द्र खनाल स्वयंम् लविङमा थिए । उनिहरु तिनै जना एकै ब्याचका अधिकृतहरु हुन । उनिहरुको पदावधी थप नभएको भए यही बैशाख २० मा अवकासमा जादैं थिए । विश्वस्त स्रोतकाअनुसार गृहसचिव महेश्वर न्यौपानेले सशस्त्र प्रमुख खनाललाई फोन गरेर पदावधी थपको प्रस्ताव ल्याउन भनेका थिए । खनालले प्रस्ताव ल्याउन आनाकानी गरेपछि गृहसचिव न्यौपाने गृहबाटै ठाडो प्रस्ताव लिने चेतावनी दिएपछि खनालले पदावधी थपको प्रस्ताव पठाएका थिए ।

सशस्त्रमा एआईजीको पदावधी ४ वर्षको हुने गर्छ । एआईजीको पदावधी ४ वर्ष पुरा भएपछि सशस्त्र प्रहरीको नियमावली नियम ६५ को २ अनुसार १ वर्ष थप्न गर्न सक्ने व्यवस्था नियममा छ ।

यसअघि सशस्त्रका दुई डिआईजीहरु मन्दिप श्रेष्ठ र खड्क राईको समेत पदावधी थप भएको थियो । एआईजीमा केसीको पदावधी थप भएसंगै थोरै समयको लागी उनको संगठन प्रमुख हुने बाटो खुलेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.