Advertisement

तीन हजार ३२ सङ्क्रमित थपिए, उपत्यकामा एक हजार ४९८ मा सङ्क्रमणको पुष्टि

0 424

Advertisement

१२ बैशाख, काठमाडौं । नेपालमा कोरोनाभाइरसका तीन हजार ३२ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या तीन लाख ११९ जना सङ्क्रमित भएको जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाको तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार ४९८ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार काठमाडौंमा सबैभन्दा बढी एक हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७८६ जनाको एन्टीजेन परीक्षण गरिएको जनाएको छ । जसमध्ये ९० जनामा सङ्क्रमण पोजिटिभ पाइएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४५० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ७७ हजार ५७३ पुगेको छ । मन्त्रालयले हाल १९ हजार ३८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । ६९ जना हाल क्वारेन्टिनमा छन् । एक हजार ५९४ जना संस्थागत् आइसोलेशनमा र १७ हजार ७८८ जना होम आइसोलेशनमा छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.