Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

शनिबारदेखि डिल्लीबजारमा १२ थरी मःमःरेरष्टुराँ सञ्चालनमा

0 795

११ वैशाख, काठमाडौं । काठमाडौंको डिल्लीबजारमा शनिबारदेखि १२ थरी मःमःरेरष्टुराँ सञ्चालनमा आएको छ। २५ वर्षका दुई युवाले ३० लाख रुपैयाँ लगानीमा यो रेष्टुराँ खोलेका हुन् ।

पोखरामा होटल सञ्चालन गरिरहेका आग्रह अर्याल र लक्ष्मी समूहको जागिर छाडेका सुनिम मैनालीले खोलेको यो रेष्टुराँमा १२ थरीका म:म पाइन्छ। अर्यालको पोखराको लेकसाइडमा क्राउन हिमालय होटल छ। अर्याल र मैनाली स्कुले साथी हुन्।

‘हामी १२ वर्षदेखि सम्पर्कमा छौं। पहिलेदेखि आफ्नै व्यवसाय शुरु गर्ने योजना बनाएका थियौं। खाजाको रूपमा हाम्रो देशमा मःमः नै पहिलो प्राथमिकतामा छ। हामीले आफ्नो आउटलेटमार्फत् विशेषगरी विभिन्नप्रकारका मःमः को स्वादमा ल्याउने प्रयास गरेका छौं,’ अर्यालले भने।

रेष्टुराँ खोल्नुअघि उनीहरुले मुलुकका विभिन्न सहरमा सञ्चालित प्रख्यात रेष्टुराँमा मःमःको स्वाद लिएका थिए।

डिल्लीबजारमा पाँच सय स्क्वायर फिट क्षेत्रफलको आउटलेट छ। एकपटकमा २६ जना ग्राहकले सहजै सेवा लिन सक्ने आउटलेटमार्फत टेक अवे र होम डेलिभरी सेवा लिन सक्ने सञ्चालक मैनालीले बताए। उनका अनुसार अनलाइन डेलिभरीका लागि फूडमाण्डूलाई आवद्ध गरिएको छ।

हालको अवस्थालाई मध्यनजर गर्दै आउटलेटमा स्वास्थ्य सुरक्षाअवलम्बनसँगै रकम भुक्तानीका लागि क्युआर कोड प्रणाली लागू गरिने उनलेजानकारी दिए।

‘शुरुवाती चरणमा हाम्रो रेष्टुराँमा १५० रुपैयाँमै ग्राहकले विभिन्न प्रकारको मःमःको स्वाद लिन सक्नेछन्,’ उनले भने। ।

ग्राहकले अनलाइन अर्डर र डिजिटल पेमेन्ट गर्ने पनि सुविधा हुनेछ। रेष्टुराँमा कोदो, फापर, ग्रीन, चिज लगायत विभिन्न थरीका मःमः पाइनेछ।

‘अहिले फापर र कोदोलाई स्वास्थ्यवर्धक मानिँदै आइएको छ। हामीले यी दुई प्रकारका मःमःलाई अझै प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘ओपनिङमा हामीले सबै प्रकारका मःमः १५० रुपैयाँमा बिक्री गर्ने योजना छ। अलि पछि हामीले मेनु सार्वजनिक गर्छौं।‘

प्रत्येक परिकारमा तीन थरीको अचार ‘चटनी‘ राखिएको उनले जानकारी दिए। ग्राहकले झोल मःमःमा भने गुन्द्रुक र तामाको झोलसहितको भिन्न स्वाद लिन सक्नेछन्।

रेष्टुराँमा मःमः सँगै सफ्ट ड्रिंक्स, फ्रेञ्च फ्राइ, चिकेनविङ्स लगायतको परिकार पनि राखिएको उनले जानकारी दिए। पहिलो ब्रान्च सञ्चालनमा आएसँगै तत्काल थप एउटा आउटलेट विस्तार गर्ने योजना छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.