Advertisement

कोरोनाको महामारीबीच सकियो बिस्केट जात्रा

0 894

Advertisement

०६ बैशाख, भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आज साँझदेखि सम्पन्न भएको छ । गत चैत २८ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा आज साँझ पुनः भैरवको रथ तानेर सम्पन्न भएको हो । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका बीचमा भक्तपुर र मध्यपुर थिमिमा नेवार समुदायले मनाउने बिस्केट जात्रा, सिन्दुर जात्रा र जिब्रो छेड्ने लगायत विभिन्न जात्राहरू हजारौँको सहभागितामा भव्य रूपमा मनाइएको छ ।

कोरोना महामारीको जोखिम बढे पनि त्यसको बेवास्ता गर्दै स्वास्थ्य मापदण्डको समेत बेवास्ता गर्दै यहाँका बासिन्दाले हर्षोल्लासका साथ नौ दिनसम्म मनाइएको जात्रा आजदेखि सम्पन्न भएको हो । विक्रम संवत् अनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ । जात्राको आज अन्तिम दिन साँझ टौमडीबाट रथ तान्न शुरु गरेको छ । स्थानीयले टौमडीका तल र माथिका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । रथलाई तानेर टौमडी पुर्याएपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइ सकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेका छन् । रथलाई तानिसकेपछि आजै रातिसम्म रथलाई पाँचतले मन्दिर अगाडि तौमढीमा लगेर राखी रथबाट भैरव देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरिन्छ । बिस्केट जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.