Advertisement

उपत्यकासहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण केही मात्रामा घटेको छ

0 1,004

Advertisement

२८ चैत, काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही मात्रामा घटेको छ।

गएराति काठमाडौँसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का वर्षा भएको थियो।

वायु प्रदूषण मापन गर्ने आइक्युएअरका अनुसार काठमाडौँको एक्यूआई अहिले १ सय ५२ छ। नेपाल अहिले विश्वव्यापी सूचकांकमा आठौँ स्थानमा छ।

नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो। आज पनि केही सुधार देखिएको हो।

यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घ रोगीहरूले विशेष सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन्।

केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४ सय ७० एक्यूआई सम्म पुगेको थियो।

विश्वव्यापी सूचकांकमा अहिले मंगोलियाको राजधानी उलानबटार शहर विश्वकै प्रदूषित शहर बनेको छ। त्यहाँ अहिलेको एक्युआई १ सय ९६ रहेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.