Advertisement

भारतमा एकैदिन एक लाख २६ हजारमा कोरोना संक्रमण पुष्टि

0 682

Advertisement

२६ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख २६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा एक लाख २६ हजार ७८९ नयाँ संक्रमित फेला परेका हुन् ।

अघिल्लो २४ घण्टामा भारतमा एक लाख १५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारत अहिले कोरोनाको दोस्रो लहरको सामना गरिरहेको छ।

गत फेब्रुअरीमा भारतमा दैनिक नयाँ संक्रमितको संख्या १० हजारभन्दा कममा झरेको थियो। तर, त्यसयता संक्रमणमा उल्लेख्य वृद्धि भएको हो । भारतमा अहिलेसम्म एक करोड २९ लाख नाघिसकेको छ। हाल भारतमा नौ लाखभन्दा धेरै सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ६८५ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ६६ हजार ८६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। त्यस्तै छत्तीसगढमा १० हजारभन्दा संक्रमित फेला परेका छन् भने कर्नाटक र उत्तर प्रदेशमा कोरोनाका नयाँ संक्रमितको संख्या ६ हजारभन्दा बढी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.