Advertisement

राप्तीमा लैङ्गिक हिंसामा परेकाको तथ्याङ संकलन, सेफ हाउस सञ्चालनमा

0 399

Advertisement

तिर्थराज ज्ञवाली

२५ चैत, मौरिघाट (देउखुरी दाङ) ।
राप्ती गाउँपालिकाले लैङ्गिक हिंसामा परेका नागरिकलाई न्याय दिलाउने उदेश्यका साथ तथ्याङ लिने काम सुरु गरिएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयुक्त पहलमा घरधुरी सर्बेक्षण मार्फत तथ्याङ लिन थालिएको हो ।

नौ वटै बडामा निगरानी समुह, महिला समुहद्धारा लैङ्गिक हिंसामा परेका नागरिकको तथ्याङ लिने काम सुरु गरिएको छ ।

तथ्याङ लिने काम अन्तिम चरणमा पुगेको र तथ्याङ आएपछि स्थलगत रुपमा पीडितको अवस्थाको आधारमा कानुनी उपचार वा कानुनी परामर्श दिनका लागि लैङ्गिक हिंसामा परेका नागरिकको तथ्याङ दिलईएको राप्ती गाउँपालिका न्यायीक समिति संयोजक तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले जानकारीदिनु भएको छ ।

सेफ हाउस सञ्चालनमा

साथै न्यायीक समिति संयोजक तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले गाउँपालिकाले माहुरी होम संस्था संगको समन्वयमा लैङ्गिक हिंसा पीडितलाई सुरक्षित राख्न सेफ हाउस समेत सञ्चालन गरिएको जानकारी दिनु भएको छ ।

मंगलवार सेफ हाउसको अवलोकन गर्दै उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ति जिसीले समाजमा हुने हिंसामा परि पीडित भएको अवस्थामा नजीकैको निगरानी समुह, वडा कार्यालय, गाउँपालिका, प्रहरी चौकीको सम्पर्कमा आउन समेत सबै पिडितहरुलाई अनुरोध समेत गर्नु भएको छ ।

राप्ती गाउँपालिकाको वडा नं ४ मौरिघाटमा सेफ हाउस सञ्चालनमा ल्याईएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.