Advertisement

सत्ताकाे आडमा राजेश हार्डवेयरकाे ठगी धन्दा र कालाे कर्तुत बाहिरियाे

0 1,712

Advertisement

२३ चैत, काठमाडौं । वरिष्ठ उद्योगी राजेश अग्रवालको कम्पनी राजेश हार्डवेयर प्रालिविरुद्ध ठगी उजुरी परेको छ । सागरमल अग्रवालको नाममा दर्ता भएको राजेश हार्डवेयरको बालाजु शाखाले बिलमा उल्लेख गरिएभन्दा कम तौलमा फलामे डण्डीलगायतका सामानहरू बिक्री गरेको भन्दै बालाजु प्रहरी वृत्तमा उजुरी परेको हो ।

फलाम र डण्डीको तौलमा ठगी गरेको भन्दै बालाजुको राजेश हार्डवेयरका शाखा प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ। व्यवसायी सावरमल अग्रवालद्वारा सञ्चालित राजेश हार्डवेयरले निरन्तर ठगी गर्दै आएको पाइएपछि उपभोक्ताले नै नियन्त्रणमा लिएर महानगरी प्रहरी वृत्त बालाजुमा बुझाएका थिए।

प्रहरीका अनुसार राजेश हार्डवेयरका शाखा प्रमुख कमल शर्मालाई नियन्त्रणमा लिइएको हो। हार्डवेयरले बिक्री गरेको डण्डी र फलामको वास्तविक तौल बिलमा जनाइएको भन्दा फरक परेको वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

ठगी आरोप लागेपछि वाणिज्य विभागले राजेश हार्डवेयरको शाखा शिल गरेको छ। व्यवसायी सागरमल अग्रवालको राजेश हार्डवेयरका नेपालभर १८ वटा बिक्री केन्द्र छन्। पीडित ग्राहकहरुले ग्रिल तथा स्टिल्स व्यवसायी संघ, काठमाडौंमा उजुरी दिएका थिए।

शनिबार वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभाग, गुणस्तर तथा नापतौलको टोलीसमेत पुगेपछि डण्डीजन्य सामग्री तौल गर्दा बिलअनुसार कम देखिएको थियो ।

उपभोक्ता ठगीको आरोप लागेको राजेश हार्डवेयरको केन्द्रीय कार्यालयसहितका सबै शाखा अनुसन्धानको दायरामा तानिएको छ । वाणिज्य, आपूर्ति तथा उपोक्ता संरक्षण विभागको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

तत्कालका लागि हार्डवेयर कम्पनीलाई तीन लाख रुपैयाँ जरिबाना गर्ने, पक्राउ गरेका व्यक्तिलाई तारेखमा छोड्ने र कम्पनीको केन्द्रीय कार्यालयदेखि सबै शाखाको कारोबार अनुसन्धान गर्ने निर्णय भएको प्रवक्ता सेढाईंले जानकारी दिए । ‘तत्कालका लागि ऐनको दफा १६ (२) को ‘क’ बमोजिम उपभोक्ता ठगीको कसुरमा जरिबानाको कारबाही गरेका छौं, पक्राउ परेका व्यक्तिलाई तारिखमा छोडिएको छ

वाणिज्य विभागका अनुसार तौल गर्दा १० देखि १५ प्रतिशतसम्म कम देखिएको थियो । त्यसपछि सो शाखा नै सिलबन्दी गरेर वाणिज्य तथा आपूर्ति विभागले २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन समेत दिएको छ ।

बिलमा १०० किलो लेखिएको सामान जोख्दा ९० किलोमात्र रहेको, ९८ किलो भनिएको वस्तुको तौल ७८ देखि ८१ किलो मात्र भएको पाइएपछि बालाजु शाखा प्रमुखलाई पनि समातेर खरिद गरेको वस्तुसहित प्रहरीमा बुझाइएको थियो। 

पछिल्लो समय उद्योगीहरूले आफ्नो राजनीतिक पहुँच बढाउँदै लानुु र यसरी वरिष्ठ उद्योगीले नै चलाएको उद्योगविरुद्ध ठगी मुद्दा पर्नुलाई संयोग हो कि नियत भन्ने समेत प्रश्न खडा भएको छ ।

शृंखलाबद्ध ठगीको उजुरी परेपछि राजेश हार्डवेयरविरुद्ध ‘अप्रेसन’ सञ्चालन गरिएको थियो। संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र अर्यालका अनुसार शुक्रबार तीन जना ग्रिल व्यवसायीले राजेश हार्डवेयरमा फोन गरेर विभिन्न प्रकारका डण्डी र स्टिल अर्डर गर्दै ती सामान बिलसहित पठाइदिन भने। तीनवटा गाडीमा सामान आएपछि हार्डवेयरका कर्मचारीलाई राखेर तीनवटै ठाउँमा पुनः तौल गरेर ठगी प्रमाणित गरिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.