Advertisement

बैंकको विश्व इतिहासमा छायका पाँच शक्तिशाली बैंक

0 923

Advertisement

२२ चैत, काठमाडौँ । बैंकको विश्व इतिहास बैंक शब्दको प्रयोग मध्ययुगिन इटालीमा सन् ११५७ मा ‘भेनिसको बैंक’ स्थापना भएपछि भएको मान्ने गरिन्छ । मध्ययुगीन इटालीमा बैंकसम्बन्धी विविध काम हुने क्रममा जनताको सम्पत्तिबाट अनिवार्य ऋण उठाउने गरिन्थ्यो । त्यस्तो ऋण रकमलाई मान्टे भनिन्थ्यो त्यहाँ । त्यही मान्टे शब्दलाई पछि बैंक भन्न थालिएको इतिहास पढ्न पाइन्छ । जर्मन भाषामा बैंकलाई मान्टे भनिन्छ ।

सामान्यतया मुद्रा तथा साखको कारोबार गर्ने व्यावसायिक संस्थाहरूलाई बैंक भन्ने गरिन्छ । खासगरी बैंकले निक्षेप संकलन तथा स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, विदेशी विनिमयको कारोबार गर्ने, जमानत जारी गर्ने, मुद्रा स्थानान्तरण गर्ने र साख सिर्जना तथा जारी गर्ने जस्ता महŒवपूर्ण कार्यहरू गर्छन् । यस्ता कार्यहरू हुने बैंकको स्थापना, सञ्चालन र कार्य सम्पादनसम्बन्धी नीतिगत व्यवस्था, सस्थागत व्यवस्था र स्रोत तथा साधन सम्बन्धीको व्यवस्थापन प्रणालीलाई बैंकिङ व्यवस्थापन भन्ने गरिन्छ ।

खासगरी बैंकको विकास मुद्राको विकास भएसँगै भएको हो । त्यसकारण बैंकको विकासक्रम धेरै पुरानो समेत हो । सन् ११५७ इटालीमा ‘भेनिसको बैंक’ स्थापना भएपछी सन् १४०१ मा स्पेनको बार्सिलोनामा, सन् १६०९ मा हल्यान्डमा र सन् १६१९ मा जर्मनीमा क्रमशः बैंकहरू स्थापना भए । बैंकको विश्व इतिहासमा ती बैंकहरू नै अगुवा बैंकहरू हुन् । त्यसपछि संसारभर बैंकहरूको विकासक्रम मौलाएको पाइन्छ ।

जहाँ–जहाँ औद्योगिक विकासहरू छिटो–छिटो भए, ती ठाउँहरूमा बैंकहरूको पनि छिटो–छिटो विकास भयो । औद्योगिक विकासमा पछाडि परेका मुलुकहरूमा बैंकहरूको विकास पछाडि भएको पाइन्छ । यसरी उद्योग, व्यवसाय र बैंकहरूबीच इतिहासदेखि नै अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ ।

नेपालमा बैंकको इतिहास

पहिलो शताब्दीतिर नै प्रयोगमा आएको नेपाली मुद्रा “सिक्का” शापूर्व देखि नै भारतमा प्रचलनमा रहेका मुद्राहरू कोर्षापण, पुराण, पण आदि मुद्राहरू लिच्छविकालमा प्रचलनमा आएका थिए । तावा निर्मित सबैभन्दा कम मुल्यको मुद्रा पण सबैभन्दा बढी प्रचलनमा थियो भने १६ तामाको पण बराबर हुने १ पुराण हुने सबैभन्दा बढी मुल्यको मुद्रा चांदीबाट निर्मित हुन्थ्यो । कोर्षापण पुराणकै अर्को नाम हो जुन चांदीबाट निर्मित हुन्थ्यो र १६ ताम्रपण वरावर १ कोर्षापण हुन्थ्यो ।

अंशुवर्माको अभिलेखमा वृतिका, मानक, गुणक, अंशुवर्मा, वैश्रवण, पशुपति, जिष्नुगुप्त, वृष नामक मुद्राको प्रयोग हुने पुष्टि हुन्छ । वि.सं १९६७–१९७६ मा तिलौराकोटमा गरिएको अध्ययनका अनुसार नेपालको सबैभन्दा पुरानो सिक्का कुसन, कनिक्षा र कविशा सिक्का पहिलो शताब्दीतिर नै प्रयोगमा आएको थियो । पन्च माक्र्ड सिक्काहरु भने छैटौँ÷सातौँ शाताब्दी बीसी तिर प्रयोगमा आएको थियो ।

वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भइसकेको थियो । त्यस्तै, वि.सं. २००४ मा नेपालमा कागजी नोटको सुरुवात भइसकेको थियो । वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैँकको स्थापना भएको थियो । नेपालको बैंक तथा वित्तीकय क्षेत्रको इतिहास एक शताब्दी मात्रै पुरानो हो । वि.सं. १९९४ मा नेपाल बैंकको स्थापना भएसँगै नेपालमा औपचारिक रूपमा बैंकहरूको विकासक्रम सुरु भएको हो । त्यसपछि नेपालमा वि.सं. २०१३ मा अहिलेको केन्द्रीय बंैक ‘नेपाल राष्ट बैंक’ स्थापना भएको हो ।

स्थापनाको सुरुवाती अवस्था देखि केही दशकसम्म यस बैंकले बैंकिङ कारोबारहरू गरे तापनि पछिल्लो अवस्थामा यस बैंकले अन्य निजी तथा सरकारी बैंकहरूको नियमन तथा सुपरिवेक्षण, संरक्षणको काम गर्दै आइरहेको छ । त्यसकारण नेपाल राष्ट्र बैंकलाई बैंकहरूको पनि बैंक अर्थात् केन्द्रीय बैंक भनेर भनिन्छ ।

यसले सबै बैंकलाई नियम र परिधिमा बाँध्ने, सरकारलाई वित्तीय व्यवस्थापनका लागि जनतामा ऋणपत्रहरू जारी गर्ने, नोट निष्कासन तथा पुराना नोटहरूको व्यवस्थापन गर्ने, गलत वित्तिय गतिविधिहरूलाई रोक्ने, मौद्रिक नीति बनाउने र त्यसैअनुरूप बैंकिङ क्षेत्रलाई व्यवस्थापन गर्ने काम नेपाल राष्ट्र बैंकले गर्दै आएको छ । हाल नेपालका सबै बैंक तथा वित्तिय कम्पनीहरू राष्ट्र बैंककै निर्देशनबमोजिम चल्दै आएका छन् । नेपाल राष्ट्र बैंकको स्थापनापछि वि.सं. २०२२ मा राष्टिय वाणिज्य बैंक, वि.सं. २०२४ मा कृषि विकास बैंक स्थापना भयो । सोपश्चात् नेपालमा बैंकिङ विकासक्रम झन् बढेर गयो ।

२०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र बहाली गरेपछि नेपालमा उदारीकण तथा निजीकरणको नीति सरकारले लियो । फलस्वरूप नेपालका निजी क्षेत्रले पनि बैंकहरू खोल्न थाले । राष्ट्र बैंकले पुराना ऐनहरू खारेज गरेर ल्याएको ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३’ ले यस क्षेत्रलाई फैलिन झन बढी मद्दत गरेको देखिन्छ । नेपालमा निजी क्षेत्रले सञ्चालनमा ल्याएको पहिलो बैंक हिमालयन बैंक हो ।

बैंकहरूको वत्र्तमान अवस्था र भविष्य
बैकिङ क्षेत्रको एक शताब्दी पुराना विकासक्रमसँगै बल्ल नेपालमा ६० प्रतिशत मानिस बैंकिङ पहुँचमा आइपुगेको राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क छ । तथ्याङ्क अनुसार १८ प्रतिशत नेपाली अहिले पनि वित्तीय पहुँचबाट बाहिर छन् । २२ प्रतिशत मानिसले गैरबैंकिङ तथा अनौपचारिक बैंकिङ कारोबारहरू गरिरहेका तथ्याङ्क छन् । यसरी नेपालमा अझै पनि ४० प्रतिशत मानिस बैंकिङ च्यानलमा आउन सकिरहेको देखिँदैन ।

त्यसमध्ये पनि बैंकहरूको कुल निक्षेपको ६० प्रतिशत र कर्जाको ४० प्रतिशत कारोबार काठमाडौँ उपत्यकामै हुने गरेको अवस्था छ; अर्थात् जीडीपीको २३ प्रतिशत आर्थिक कारोबार काठमाडौँ उपत्यकामै हुने गरेको छ । कमजोर वित्तीय पहुँच र साक्षरताले गर्दा पनि काठमाडौँबेगरका ठाउँहरूमा आर्थिक गतिविधि अझै राम्ररी मौलाउन सकेको देखिँदैन । एउटा अनौपचारिक तथ्याङ्कअनुसार बैंकिङ पहुँचमा आएकाहरूमध्ये पनि ५ प्रतिशत सबल आर्थिक अवस्था र बलियो धितो भएकाहरूले मात्र बैंकहरूबाट ऋण रकम पाइरहेका छन् । ९० प्रतिशतभन्दा बढी बैंकका खातावालहरूले बैंकले नै नपत्याएको अथवा अन्य कारण ऋण रकम पाउने गरेका छैनन् ।

नेपाल राष्ट्र बैंकले बैंकहरूको मर्जरलाई प्रोत्साहन गर्ने र पुँजी वृद्धि गर्ने गरी आर्थिक वर्ष २०७३-७४ मा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ‘क’ वर्गका वाणिज्य बैंकहरू, ‘ख’ वर्गका विकास बैंकहरू, ‘ग’ वर्गका फाइनान्स कम्पनीहरू र ‘घ’ वर्गका लघुवित्तहरूको साविक पुँजीलाई अनिवार्य रूपमा चार गुणा वृद्धि गर्ने प्रावधान ल्यायो । बैंकहरूले दुई वर्षबीच राष्ट्र बैंकले तोकेबमोजिमको पुँजीवृद्धि गरे । पुँजीवृद्धिकै प्रावधानका कारण ३२ वटा वाणिज्य बैंकहरू केही मर्जर भएर हाल २७ वटामा झरेका छन् ।

६५ वटा विकास बैंकहरू आधाभन्दा बढी घटेर अहिले ३२ वटामा आइपुगेका छन् । फाइनान्स कम्पनीहरूको पनि साविक सङ्ख्या घटेर अहिले २३ वटामा आइपुगेका छन् । ७२ वटा लघुवित्तले अहिले गाउँगाउँमा आफ्नो सेवा दिइरहेका छन् । यसरी पुँजीवृद्धिको नीतिले अहिले बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या घटेको देखिन्छ । उनीहरू व्यवस्थित पनि हुँदै गएका छन् । विश्वस्तरीय सेवासुविधा दिने काममा नेपालको बैंकिङ क्षेत्र पनि यतिबेला प्रतिस्पर्धामा छ । यसरी हेर्दा नेपालको बैंक तथा वित्तीय क्षेत्र बडो व्यवस्थित, विस्तारित, पारदर्शी एवं आधुनिक बन्दै गएको देखिन्छ ।

मुलुकमा संघीय संविधान बनेर संघीय राज्यव्यवस्था लागू भएसँगै बैंकहरू पनि संघीय स्वरूपमा काम गर्ने अभ्यासमा छन् । राष्ट्र बैंकले पनि ७ सय ५३ वटै स्थानीय तहमा बैंकहरूलाई शाखा पु¥याउन निर्देशन गरिसकेपछि अहिले बैंकहरू धेरैजसो स्थानीय तहमा आफ्ना शाखाहरू विस्तार गर्न लागिपरेका छन् । संघीयता लागू भएसँगै र स्थानीय स्तरको निर्वाचन भएर स्थानीय सरकारहरूले कार्य गर्न थालेसँगै गाउँगाउँका आर्थिक गतिविधि बढ्न थालेका छन् । स्थानीय सरकारहरूको गतिविधि बढेसँगै बैंकहरूलाई पनि गाउँ जान सजिलो भएको छ ।

वित्तीय साक्षरता बढ्न थालेको छ । फलत भावी दिनहरूमा काठमाडौँ केन्द्रित आर्थिक क्रियाकलापहरू गाउँगाउँसम्म विस्तार हुने देखिन्छ । संघीयतालाई सफलतापूर्वक कार्यान्वयन गर्न सकेको खण्डमा गाउँगाउँको आर्थिक समृद्धि बढ्ने, वित्तीय साक्षरता बढ्ने, बैंकिङ क्रियाकलापहरू बढ्ने देखिन्छ । त्यसकारण बैंकहरूले संघीय राज्यव्यवस्थाको सहयोगमा आममान्छेमा वित्तीय पहुँच पु¥याउन सक्ने एउटा आधार अहिले बनेको छ । बैंकहरूले आफ्ना दायरा फराकिला बनाउँदै लगेका छन् । बैंकले दिने सेवा सुविधाहरू विस्तारित हुँदै गएका छन् । आफ्नो जग सम्पूर्ण रूपमा बलियो बनाउँदै गएका बैंकहरूको साँच्चै नवीनतम दिनहरू सुरु भएका छन् ।

नेपालको बैंकिङ क्षेत्र साँच्चै एउटा नयाँ युग अथवा नयाँ कालखण्ड वा मोडमा उभिएको छ । आफ्नो दायित्वहरूमा बैंकहरू सदैव इमानदार हुनुपर्छ । बैंकहरूले सामाजिक उत्तरदायित्वसमेत अझै धेरै बहन गर्नुपर्छ । विगतको झैं अत्यन्तै पारदर्शी हुँदै आफ्नो लक्ष्य, उद्देश्यमा अघि बढे नेपालको बैंक वित्तीय क्षेत्रको भविष्य उज्ज्वल छ ।

नेपालको बैँकिङ इतिहास ज्यादै लामो नभएता पनि विश्वका अन्य विकसित मुलुकहरुमा धेरै पहिले नै बैँकको सुरुवात भइसकेको थियो । नजानिँदो रुपमा मानिसले पैसाको कारोबार धेरै पहिलेदेखि नै सुरु गरिसकेका थिए  ।यद्यपि, औपचारिक रुपमा बैँकिङ प्रणालीको सुरुवात गरि बैँकिङ इतिहास रच्ने श्रेय इटलीलाई जान्छ । सन् १४७२ मा इटलीमा संसारकै सबैभन्दा पहिलो बैँकको स्थापना भएको थियो । त्यपछिका दिनहरुमा बैँकिङ प्रणाली संख्यात्मक र गुणस्तरात्मक दुवै तवरले विकास हुँदै आइरहेको छ । 

यसैबिच, बैँकिङ इतिहास रचेका संसारका सबैभन्दा पुराना ५ बैँकहरुका बारेमा यहाँ चर्चा गरिएको छ : 

बैँक अफ न्यूयोर्क

बैँक अफ न्यूयोर्क
१७८४ मा अमेरिकाको न्यूयोर्क सहरमा स्थापित बैँक अफ न्यूयोर्क संसारको पाचौँ पुरानो बैँक हो । अहिले बैँक अफ न्यूयोर्क मेलनको नामबाट परिचित यस बैँकको स्थापनामा एलेक्जेण्डर ह्यामिल्टनको ठूलो योगदान रहेको छ । उनले बैँकिङ कानुन निर्माण गरेर बैँक अफ न्यूयोर्क स्थापना गरे । सन् १७९२ मा न्यूयोर्क स्टक एक्सचेन्जको स्थापना हुँदा शेयर कारोबार गर्ने पहिलो कम्पनि बैँक अफ न्यूयोर्क थियो । सन् २००७ मा यसको नाम परिवर्तन गरिएको हो । 

द बैँक अफ स्कटल्याण्ड
१६९५मा स्थापना भएको बैँक अफ स्कटल्याण्ड त्यहाँको पैसा छाप्ने पहिलो बैँक हो । अहिले हलिफ्याक्स बैँक अफ स्कटल्याण्डको नामबाट परिचित यो बैँक स्कटल्याण्डको एडिनबर्गमा रहेको छ । यस बैँकको स्थापनाले स्कटल्याण्डका विभिन्न व्यवसायहरुलाई सहयोग मिलेको थियो ।

सी होर एण्ड को

सी होर एण्ड को
सन् १६७२ मा लनडन सहरमा स्थापित यस बैँकले इंगल्याण्डमा आधुनिक बैँकिङ तथा कागजी नोटको प्रचलन ल्यायो । निजी स्वामित्वमा स्थापना भएको सो बैँक अहिले पनि पारिवारिक रुपमा चलेको छ । सर रिचार्ड होरको व्यवस्थापनमा बैँक सञ्चालन भइरहेको छ । 

बेरेनबर्ग बैँक
सन् १५९० मा स्थापित यो बैँक जर्मन बैँक हो । जर्मनीको हमवर्गमा स्थापना भएको सो बैँक दुई दाजुभाई ह्यान्स र पल बेरेनवर्ग मिलेर खोलेका थिए । कपडाको आयात निर्यात व्यवसाय गर्ने सो दाजुभाइले खोलेका सो बैँकका कारण हमवर्ग सहर आर्थिक गतिविधिमा बढि क्रियाशील बन्यो ।  

बान्सा मोन्टे डीपस्सी डी सीना

बान्सा मोन्टे डीपस्सी डी सीना
इटलीको सीना सहरमा अवस्थित यो बैँक संसारकै सबैभन्दा पहिलो बैँक हो । सन् १४७२ मा यसको स्थापना भएको थियो । गरिबहरुलाई च्यारिटीको माध्यमबाट उकास्ने उद्देश्यले सो बैँकको स्थापना गरिएको थियो । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.