Advertisement

प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैले नै हेर्ने

0 1,527

Advertisement

१९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता गराएको पुनरावलोकन निवेदनमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैले हेर्नु हुने भएको छ ।

एमाले–माओवादी साबिककै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फागुन २३ को फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निवेदन दायर गनुभएको छ ।

उक्त निवेदनमा प्रधान न्यायाधीश जबरासिहत न्यायाधीश तेजबहादुर केसी तथ न्यायाधीश प्रकाश कुमार ढुंगानाको पूर्ण इजलास पेसी तोकिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन २३ गते नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिदै केपी ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा साबिककै पार्टीमा फर्किन आदेश दिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.