Advertisement

नेपाल पत्रकार महासंघको चुनावी प्रतिस्पर्धामा १६५ जना (अन्तिम नामावली)

0 457

Advertisement

१८ चैत, काठमाडौँ । नेपाल पत्रकार महासंघको चुनावी प्रतिस्पर्धामा एक सय ६५ जनाकाे उम्मेदवारी परेकाे छ । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार ३८ पदका लागि १६५ जनाको उम्मेदवारी परेको हाे ।

अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। गजेन्द्र सिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल अध्यक्ष पदका उम्मेदवार छन् । यस अघि मनोनयन गरेका दीपक पाठकले उम्मेदवारी फिर्ता लिएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि माधव नेपाल, रामप्रसाद विष्ट र रामजी दाहाल छन् । यस पदका लागि उम्मेदवारी दर्ता गराएका ध्रुव लम्सालले उम्मेदवारी फिर्ता लिएका छन् ।

महिला तर्फ उपाध्यक्षमा दाना केसी र बाला अधिकार, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंहको उम्मेदवारी रहेको छ ।

महासचिवमा बालकृष्ण बस्नेत, रोशन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा छन् । यसै पदमा उम्मेदवारी दिएका राजेश मिश्रले उम्मेदवारी फिर्ता लिएका छन् ।

खुला तर्फ सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनजाति सचिवमा ३ जना, सचिव (मधेस)मा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषाध्यक्षमा ६/६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अन्तिम नामावली :



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.