Advertisement

अनलाइन सपिङ गर्दा पेपलमार्फत क्रिप्टोकरेन्सी प्रयोग गर्न पाइने

0 1,015

Advertisement

१८ चैत, एजेा्सी । अब पेपलमार्फत किनेको क्रिप्टोकरेन्सी अनलाइन सपिङ गर्दा प्रयोग गर्न पाइने । पेपलले आफ्ना प्रयोगकर्ताहरुसँग भएका क्रिप्टोकरेन्सी किनमेलका लागि प्रयोग गर्न सक्ने नियम ल्याएको छ।

कम्पनीले गएको अक्टोबरमा आफ्नो प्लेटफर्ममा बिटक्वाइन, इथेरियम, बिटक्वाइन क्याश तथा लाइटक्वाइनजस्तन क्रिप्टोकरेन्सी किन्न, बेच्न र राख्न पाउने इजाजत थियो।

पेपलमार्फत् अनलाइन किनमेल गर्दा अहिले पेपलका ग्राहकहरुलाई ‘चेकआउट विथ क्रिप्टो’ अप्शन दिइएको छ। प्रयोगकर्ताले क्रिप्टोकरेन्सीमार्फत् चेकआउट गर्दा त्यसको तत्काल हुने डलर, यूरो तथा पाउण्डजस्ता फायाट करेन्सीमा हुन आउने सटही दर पनि देखाउँछ।

आफूले फायाट करेन्सी छानेपछि पेपलले उक्त सामानका लागि आवश्यक रकम क्रिप्टोबाट काटेर बिक्रीकर्तालाई पठाइदिन्छ। यस प्रक्रियामा पेपलले कुनै अतिरिक्त शुल्क लिँदैन।

यो फिचर विश्वभरका लाखै व्यवसायहरुका लागि उपलब्ध रहेको छ भने कम्पनीले आउँदा दिनहरुमा यसलाई अझै फैलाउने बुझिएको छ।

डिजिटल भुक्तानी तथा डिजिटल मुद्राको कारोबार बढ्दै गइरहेका बेला पेपलका ग्राहकहरुले पेपल वालेटमार्फत् क्रिप्टोकरेन्सीलाई मूलधारमा प्रयोग गरी भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले ‘चेकआउट विथ क्रिप्टो’ फिचरको सुरुवात गरिएको हो, पेपलका अध्यक्ष तथा प्रमुख कार्यकारी डान शुल्मनले एक विज्ञप्तिमार्फत् भने, ‘विश्वभरका व्यवसायमा किनमेलका लागि क्रिप्टोकरेन्सीलाई खुला गरिनु डिजिटल मुद्राको सामान्यीकरण र आम स्वीकार्यततर्फको यात्रा हो।’

पेपलमार्फत कारोबार गर्दा क्रिप्टोकरेन्सी प्रयोगकर्ताले ख्याल दिनुपर्ने मुख्य कुरा भने पेपलको आफ्नै डिजिटल वालेट भने छैन। त्यसैले पहिले नै बिटक्वाइन भएकाहरुले त्यसलाई पेपल एकाउन्टमा ट्रान्सफर गर्न भने सक्नेछैनन्। उनीहरुले ‘चेकआउट विथ क्रिप्टो’ फिचर प्रयोग गर्नका लागि पेपलमार्फत नै बिटक्वाइनक किन्नुपर्ने हुन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.