Advertisement

उत्तर कोरियाले गर्‍यो जापानको समुद्रमा ब्यालेस्टिक मिसाइल परीक्षण

0 251

Advertisement

१३ चैत, बीबीसी । जो बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि उत्तर कोरियाले पहिलोपटक जापानको समुद्रमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले जापानको समुद्रमा दुईवटा मिसाइल प्रहार गरेको भन्दै जापान र दक्षिण कोरियाले उसको यो कदमको आलोचना गरेका छन् ।

‘एल्लो सी’मा दुईवटा छोटो दूरीको मिसाइल परीक्षण गरेको केही दिनपछि उत्तर कोरियाले पुनः दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बीबीसीले जनाएको छ ।

उत्तर कोरियाको मिसाइल परीक्षणलाई ‘अवैध’ भन्दै एसिया प्रशान्त क्षेत्रमा तैनाथ अमेरिकी सेनाले यसलाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायका लागि खतराजनक रहेको प्रतिक्रिया दिएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्योङयाङलाई ब्यालेस्टिक मिसाइल परीक्षणमा रोक लगाएको छ ।

उत्तर कोरियाली व्यापारी मुन चोल म्युङलाई मलेसियाबाट अमेरिका सुपुर्दगी गरेपछि उत्तर कोरियाले बिहीबार मिसाइल परीक्षण गरेको हो । म्युङले उत्तर कोरियामा सौखिन सामान उपलब्ध गराउन अमेरिकी वित्तीय प्रणालीबाट रकम हिनामिना गरेको आरोप लगाइएको छ । यसै घटनापछि उत्तर कोरियाले मलेसियासँग सम्पूर्ण कूटनीतिक सम्बन्ध अन्त्य गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.