Advertisement

मेलम्चीको पानी यसै हप्ता वितरण प्रणालीमा, पिउन योग्य आउने

0 530

Advertisement

१० चैत्र, काठमाडौँ । मेलम्चीबाट पहिलो चरणमा आउने पानी खान मिल्ने प्रशोधित पानी आउने भएको छ । मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा पठाउन तोकिएकै समय अर्थात् यही चैत्र १५ गते भित्र आउने भएको छ ।

कार्यविधि अनुसार १० दिन सुरुङ भित्र पानी होल्ड गरेर राख्नु पर्ने भएकाले यसै अनुसार पानी राखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । सुरूङमा पानी थुनेर अनुगमन भइरहेको बताउँदै उहाँले केही दिनमै प्रशोधन केन्द्रमा पानी पठाइने बताउनुभयो ।

चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको विकास समितिले यस अघिनै बताइसकेको थियो । प्रवक्ता पन्तले मेलम्चीको पानी सुन्दरीजलबाट प्रशोधन गरेर पठाउनका लागि गृहकार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

काठमाडौँ उपत्यकामा पानी वितरणका लागि केही दिनमै सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा दैनिक आठ कराेड लिटर खसालिनेखछ । पानी छिटो पठाउनकै लागि निर्माण कम्पनी प्राविधिक टोलीले त्यसै अनुसार काम गरिरहेका छन् । चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रुपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिने भएको छ ।

उक्त अवधिमा परीक्षण सफल भएपछि स्थायी रुपमा पानी पठाउने गरी काम भइरहेको प्रवक्ता पन्तले बताउनुभयो । मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीमा मिसिएसँगै वितरण हुनेछ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.